“अस्थीरता र वाह्य चलखेललाई सहयोग पुर्याउने अध्यादेश खारेज गरियोस्”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता भिम रावलले सोमबार जारी भएका दुवै अध्यादेश खारेज गर्नुपर्ने बताएका छन्।

सामाजिक संजाल ट्वीटर मार्फत रावलले सोमबार जारी गरिएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गर्नुपर्ने बताएका हुन्।

कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नु पर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विमाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्नेगरी अध्यादेश ल्याइनु अनुचित हुने रावलको बुझाई छ।

“कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नु पर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विमाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्नेगरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकरी हो ।”,रावलले ट्वीटरमा लेखेका छन्।

देशमा राजनीतिक स्थायित्व कायम गरी वाह्य चलखेल बन्द गर्ने घ्येयले राजनीतिक दलहरूका वीच निकै लामो छलफलर परामर्श पछि सहजै पार्टी फुटाउन नसकिने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी कानून ल्याइएको समेत स्मरण गरेका छन्।

ट्वीटरमा रावलले यसो लेखेका छन् –

“कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नु पर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्नेगरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकरी हो ।

देशमा राजनीतिक स्थायित्व कायम गरी वाह्य चलखेल बन्द गर्ने घ्येयले राजनीतिक दलहरूका वीच निकै लामो छलफल र परामर्श पछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दलसम्बन्धी कानून ल्याइएको थियो । त्यस्तैगरी तत्कालीन नेकपा (एमाले) को निकै ठूलो प्रयास पछि संवैधानिक परिषद्‌मा विपक्षी दलको नेता रहने घारणाले संविधानमा स्थान पाएको थियो । यस्का विरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुन: राजनीतिक अस्थीरता र वाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको छ । यस्ता अनिष्टकारी अध्यादेश खारेज हनुपर्छ ।”

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७१६:४९

बारा-पर्सामा भिषण हावाहुरी, ठूलो क्षति !