काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा कोरोना भाइरस संक्रमण पूरै नियन्त्रणमा नआएसम्म सिमानाका खुल्दै नखुल्ने बताएका छन्।
पार्टी स्थापना दिवसकाे अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्नेे नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गर्नेक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
ओलीका अनुसार सम्भावित जोखिम कम भएको अवस्थामा देशभित्र लकडाउन खुकुलो गर्न सकिने भएपनि भारतसंगको सिमानाका भने तत्काल खुल्ने अवस्था छैन।
प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीका सांसदहरुसँग छलफल गरिरहेका छन्। कोरोना भाइरस नियन्त्रणमा सरकारले अपनाएका उपाय र भावी योजना सहित पार्टी संचालनका विषयमा समेत अध्यक्षद्वयले ब्रिफिङ गरिरहेका छन्।
जसक्रममा प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चालिरहेको कदम र भावी-योजना बारे जानकारी गराएको बताइएको छ। यस्तै छलफलमा पार्टी एकता र दुई अध्यक्ष बीच बढेको म-तभेद बारे पनि प्रश्न उठेको छ। ओलीले केहि दिन अगाडी जारी भएका दुई अध्यादेश बारे पनि ब्रिफिङ गरेको बुझिएको छ। उनले कसैलाई बलियो र कसैलाई कमजोर बनाउने हिसाबले अध्यादेश नल्याएको भन्दै स्पष्टिकरण दिएका छन्। दुई अध्यक्ष बीच कुरा-नमिल्दैमा पार्टी फु-ट्ने भन्ने कुरालाई मान्न नसकिने ओलीको ब्रिफिङ छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुदूर पश्चिम प्रदेशबाट शुरू भएकाे छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमश: सातवटै प्रदेशका सांसदहरूसँग बुधबार र बिहिबार सम्म चल्नेछ। जारी अध्यादेश र काेराेना भाइरसविरूद्दकाे लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएकाे थापाले बताएका छन्।