तिब्बतबाट भित्रियो स्वास्थ्य सामग्री

काठमाडौँ – तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

तातोपानी नाका हुँदै रु आठ करोड ३१ लाख बराबरको उक्त सामग्री आज नेपाल प्रवेश गरेको हो । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री आजै काठमाडौँ आइपुग्नेछ ।

अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दशदश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पिपिइ, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप छन् ।

तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

भारत र चीनलाई धन्यवाद
यसैबीच प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गरी आभार व्यक्त गरेका हुन् ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७१२:२७

कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ७, रेड जोनमा २६९ जना !