१ सय १ वर्षीया वृद्धाले बाँडिन् २६ विपन्न तथा दलितलाई खाद्यान्न !

काठमाडौँ – राजविराजकी एक वृद्धाले २६ विपन्न तथा दलित परिवारलाई खाद्यान्न वितरण गरेकी छन्। सप्तरी राजविराज–७ निवासी १ सय १ वर्षीया सुमनदेवी जोशीले २६ विपन्न तथा दलित परिवारलाई खाद्यान्न वितरण गरेकी हुन्।

उनले लकडाउनका कारण समस्यामा परेका २६ विपन्न तथा दलित परिवारलाई २५ किलो चामल र २ किलो नून वितरण गरेको बताइएको छ। लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने उनको इच्छा अनुरुप राहत वितरण गरिएको उनका परिवारजनले जनाएका छन्।

जोशीका नाति हरेराम जोशीका अनुसार राजविराज नगरपालिका तथा रुपनी गाउँपालिकाको दलित बस्ती पुगि पहिचान गरिएका २६ विपन्न तथा दलित परिवारलाई घरमै बोलाएर हजुरआमाको हातबाट राहत वितरण गरिएको हो।

मनकारी दम्पती: भोकभोकै हिँडेको देख्दा नमजा लाग्यो, ८ हजार को आफ्नै खर्चमा गरे उद्धार !

कोरोना भाइरसले विश्वमा महामारीको रूप लिन थालेपछि शुरु गरिएको लकडाउनका कारण आफ्नो गन्तव्यतर्फ भोकभोकै हिँडिरहेका देशका विभिन्न स्थानका मजदुरलाई यहाँको एक दम्पतीले निःशुल्क सहयोग गर्दै आएको छ ।

भोकभोकै हिँडेको देख्दा निकै नमजा लागेकाले बोलाएर खाना खुवाउने तथा सवारी साधनको व्यवस्था गरी उनीहरुलाई निःशुल्क पठाउने गरेको जिल्लाको हरिवन नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्ग छेउमा बस्ने अमृता मैनाली (उप्रेती) र अर्जुन मैनालीले बताए।

लकडाउनको अवधि महिना दिनपुग्नै लाग्दा मैनाली दम्पतीको यो अभियान २८ औँ दिनमा चलिरहेको छ । करिब डेढ महिनाको बच्चा बोकेर गन्तव्यमा हिँड्नेदेखि वृद्धवृद्धा, बालबालिका, गर्भवतीलगायत करिब आठ हजारलाई निःशुल्क खाना खुवाउने र उनीहरुको गन्तव्यसम्म सवारी साधनको व्यवस्था गरिदिने काम गरेको अमृताले बताइन्।

लकडाउन भएपछि उद्योगधन्दा, व्यापार व्यवसाय, पसल, सवारी साधनहरु बन्द हुँदा श्रमिक वर्ग हिँडेरै भए पनि घर फर्किन बाध्य छ । केहीसँग साथमा केही पैसा भए पनि कतिसँग एक सुको छैन । सवारी साधन पनि चलेका छैनन् । बाटामा समस्या भएकालाई मैनाली दम्पतीले उद्धार गरिरहेको छ ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७१३:२१

झिङ्गा भन्काउँदै मनोमानी मूल्यमा मासु बिक्री