निर्देशनविपरीत धमाधम गाउँ पठाउने काम भएपछि प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं , लकडाउनमा अलपत्र श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्किन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा गाउँ फिर्ता गर्ने काम भइरहेको छ ।

मन्त्री, नेता, सांसद तथा कतिपय नगरपालिका र गाउँपालिकाको अगुवाइमा गाउँ फर्काउने क्रम चले पनि प्रधानमन्त्री केपी शर्मा ओली भने असन्तुष्ट रहेको पाइएको छ ।

सरकारले लकडाउन घोषणा गर्दा ‘जो जहाँ छ, त्यहीँ बस्न ’ निर्देशन दिएको थियो । प्रधानमन्त्री ओलीले पछिल्लोपटक ‘कसैलाई पनि उपत्यकाबाहिर जान नदिन र कसैलाई समस्या परेको भए त्यहीँ व्यवस्थापन गर्न’ निर्देशन दिएका थिए ।

सरकारको निर्देशनविपरीत धमाधम गाउँ पठाउने काम भएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । टेनिस रोकाले आजको राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७०२:१८

नेपालमा कोरोना संक्रमितमध्ये पुरुषको संख्या बढि, अधिकांशमा लक्षण नै देखिएन