विदेशबाट आई लुकेर बसेकाहरुको खोजि-खोजि परीक्षण गरिँदै !

ललितपुर – महालक्ष्मी नगरपालिकाले दोस्रोपटक कोरोना भाइरस परीक्षण गर्ने भएको छ । विदेशबाट आई लुकेर बसेका नगरवासीको पहिलोपटकको कोरोना परीक्षणमा छुटेकोको दोस्रोपटक परीक्षण गर्न लागेको हो ।

परीक्षणका लागि बुधबारसम्म नाम टिपाउने नगरवासीको सङ्ख्या ८२ पुगिसकेका नगरपालिका प्रमुख रामेश्वर क्षेष्ठले जानकारी दिए। उनले भने, “एक सय बढी नगरवासीले दोस्रोपटक कोरोना परीक्षण गर्ने स्थिति देखिएको छ ।” यसपटक जनप्रतिनिधि, स्वयंसेवक र स्वास्थ्यकर्मीले विदेशबाट आई घरमा बसेका सबैलाई खोजी–खोजी कोरोना परीक्षण गर्न बोलाएको श्रेष्ठले बताए।

नगरपालिकामा जनघनत्व ठूलो भएकाले यी व्यक्ति पहिलो चरणमा छुटेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताए।

गोदावरी नगरपालिकाले पनि दोस्रोपटक ¥यापिड परीक्षण गर्ने भएको छ । पहिलोपटक परीक्षणमा उपस्थित नभएका नगरवासीलाई ध्यानमा राखी दोस्रोपटक परीक्षण गर्न लागिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए।

यता ललितपुर महानगरपालिकाले यही वैशाख २ र ३ गते पहिलो चरणमा २५६ र वैशाख ९ गते दोस्रो चरणमा ८३ जनाको ¥यापिड परीक्षण गरिसकेको छ । छिमेकी देशबाट कोही लुकेर महानगरपालिका प्रवेश गरेका छन् भने आवश्यकताअनुसार तेस्रोपटक पनि कोरोना परीक्षणका लागि कदम अघि बढाउन सकिने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बताइन्। दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा कोरोना परीक्षण सम्पन्न भइसकेको छ । वाग्मतीका २१ गाउँवासीले वैशाख ८ गते र्यापिड डायग्नोष्टिक परीक्षण गराइसकेका गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चले बताए।

कोञ्ज्योसोमले वैशाख ४ गते १२ जना विदेशबाट फर्किएका नागरिकको र्यापिड परीक्षण गरिसकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतोले बताए। महाँकालले वैशाख ४ गते १० जना विदेशबाट फर्किएका गाउँवासीको ¥यापिड परीक्षण गरिसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७०५:३३

बलेरोमा राखी धुलिखेलबाट बनेपाको जङ्गल पुर्याएर करणी !