काठमाडौँ – कोरोना भाइरस जोखिम बढेसँगै वार्षिक परिक्षा सकाएर बन्द भएका विद्यालयहरुले छिट्टै नतिजा प्रकाशित गर्ने भएका छन्।
लकडाउनका कारण नतिजा प्रकाशन तथा पठन-पाठन रोकिएका विद्यालयहरुले विद्युतीय तथ्य अन्य वैकल्पिक मध्यमबाट नतिजा प्रकाशित गर्ने भएका हुन्।
कोरोना जोखिम बढेपछि सरकारले चैत पाँच गरे परिक्षा सक्ने गरी तयारी गर्न विद्यालयहरुलाई दिएको निर्देशन अनुसारनै परिक्षा सम्पन्न भएपनि लकडाउनका कारण अहिले सम्म नतिजा प्रकाशित हुन सकेको छैन।
जसलाई मध्यनजर गर्दै परिक्षा प्रकाशनको लागि वैकल्पिक माध्यमको प्रयोग गर्न लागिएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ। यता निजी विद्यालयहरू पनि आगामी वैशाख १९ गतेसम्म सबै विद्यार्थीको नतिजा प्रकाशन गर्ने तयारीमा जुटेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अनुसार चैत ५ गतेसम्म परीक्षा लिएका कक्षा ९ सम्मका विद्यार्थीको नतिजा वैशाख १९ सम्म सार्वजनिक गरिनेछ।
देशमा कोरोनाको जोखिम यथावत रहेको हुँदा विद्यालय संचालनको विषय पनि अन्योलमा परेको छ। पठन-पाठनको लागि लकडाउनमा डिजिटल प्रविधिको प्रयोग गर्नुपर्ने बारे चर्चा पनि हुन थालेको छ। यस्तैमा केहि विद्यालयले भने डिजिटल प्रविधि तथा इन्टरनेटको माध्यमबाट नतिजा प्रकाशन गरेर अध्यापन शुरु गरिसकेका छन्।