बार्सिलोना जाने नेयमारको सपना पूरा हुन गार्हो, कुनै खेलाडी किन्न नसक्ने अवस्थामा बार्सिलोना !

एजेन्सी – बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार र इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेज भित्र्याउन असम्भव रहेको ला लिगाका अध्यक्ष जाभियर टेबासले बताएका छन् ।

ला लिगाको सफल टोली बार्सिलोनाले नेयमार र मार्टिनेजलाई लिगन प्रयास गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् । दुवैलाई सम्भव नभएपछि दुई मध्ये एकलाई भने बार्सिलोनाले भित्राउने चर्चा चल्ने गरेको थियो । तर, टेबासले भने त्यो हल्ला मात्र भएको उल्लेख गर्दै कोराना भाइरसको महामारीबीचमा बार्सिलोनाको प्राथमिकता फरक भएको बताएका छन् ।

‘दुई खेलाडीसँग सम्झौता गनै विषयमा छलफल अघि बढेको भन्न विषय सत्य होइन’, उनले भने, ‘अहिले नयाँ विषयमा सोच्ने भन्दा पनि टोली सिजन सुरुवातको विषयमा केन्द्रित छ । हुन सक्ने खेलाडी साट्ने विषयमा पछि सहमति हुन सक्ला । तर अहिलेको अवस्थामा खेलाडी खरिद उच्च प्राथमिकतामा देखिन्न ।’

कोराना भाइरसका कारण उत्पन्न कठिनाईले फुटबल गतिविधि तत्काल सुरु हुने अवस्था नभएको खण्डमा बार्सिलोना कम भन्दा कम क्षती होस् भन्ने पक्षमा रहेको छ । त्यसैले अहिले सबै विषय स्थगित रहेको उनले बताए । ‘अहिले नेयमार वा लाउटारो क्लबको उच्च प्राथमिकतामा छैन’, उनले भने, ‘अहिले उनीहरुसँग सम्झौता गर्ने क्षमता क्लबसँग छैन । अहिलेको अवस्थामा यो असम्भव जस्तै छ ।’

कोराना भाइरसका कारण उत्पन्न परिस्थ्तििका कारण आउटारोलाई लिने विषय आर्थिक कारणले कठिन हुन सक्ने बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले बताएका थिए । ‘हामीले सरुवाका बारेमा कुरा गरेका छौं । तर अहिलेको परिस्थितिले धेरै असर परेको छ । क्लबको आर्थिक अवस्था जटिल बनेको छ’, उनले भनेका थिए, ‘म अहिले लाउटारको बारेमा आशावादी छैन । मलाई उनी मनपर्छ । उनी राम्रो खेलाडी हुन् । तर अहिले यो विषयलाई लिएर म उत्साहित छैन । कारण अहिलेको पस्थिति अनकुल छैन ।’

कोराना भाइरसको संक्रमणका लागि स्पेनमा पनि २२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । ला लिगासहित युरोपका अधिकांश फुटबल लिग स्थगित छन् । नेदरल्याण्डले आफ्नो लिग रद्द गर्दै बढुवा, घटुवा र उपाधि नै नदिने निर्णय गरिसकेको छ ।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७११:१५

नेयमार भित्राउने रियलका अध्यक्ष पेरेजको सपना !