नेयमार भित्राउने रियलका अध्यक्ष पेरेजको सपना !

एजेन्सी – रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले अहिले पनि ब्राजिलियन सुपर स्टार नेयमारलाई क्लबमा भित्राउन अझै सपना देखिरहेको बुझिएको छ ।

नेयमारका एजेन्ट वाङनर रिबेरोका अनुसार रियलका अध्यक्ष पेरेजले लामो समयदेखि नेयमारलाई पछ्याइरहेका छन् । नेयमार ब्राजिलियन क्लब सान्तोषमा खेल्दा देखि नै उनलाई पछ्याइरहेका अध्यक्ष पेरेजले अहिले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा हुँदा पनि उनको लगाव भने घटेको छैन । तर, पेरेजको योजना भने अहिले सम्म सफल हुन सकेको छैन ।

‘म धेरै पटक रियल गएको छु । नेयमारसँग सम्झौता गर्ने पेरेजको सपना छ,’ उनले भने, ‘गत वर्ष मेमा पनि उनको कार्यालयमा भेटे । उनले अहिले पनि आफु नेयमारलाई भित्राउन सपना देखिरहेको बताएका थिए । ‘

सन् २०१७ मा बार्सिलोनाबाट पिएसजीले कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा नेयमारलाई किनेको थियो । पेरेजले अहिले नेयमारलाई किन्नु पर्दा कति खर्च गर्नुपर्ला भनेर सोधेका थिए । तर त्यसबेला बार्सिलोनाले पनि रियलमा बेच्न आनाकानी गरेपछि उनी पिएसजी गए ।

‘गत सिजन उनको रियलसँग सम्झौता हुन सकेन । किनकी त्यति बेला नेयमारको निश्चित मुल्य थिएन,’ उनले भने,’ पिएसजीले ५ सय मिलियन युरो मुल्य तोकेको थियो । लामो सम्झौताले गर्दा अहिले पनि उनको यत्ति नै भन्ने मुल्य छैन ।’

बजार विश्लेषकका अनुसार अहिले उनको मुल्य १ सय ६४ मिलियन युरो रहेको छ । तर कोरोना संक्रमणका कारण त्यसमा केहि कमी हुन सक्छ । अझ यस्तो अवस्थामा रियलले केहि खेलाडी समेत समेटेर प्रस्ताव राख्ने सम्भावना पनि छ ।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७०३:३६

एमबाप्पे माथि क्लोपको नजर, एमबाप्पेका बुवासंग कुरा गरे !