तनहुँ – व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् ।
अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको छ ।

मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्जनलाई जिम्मा लगाइएको थियो । उनको मृ-त्यु हुनु दुई दिनअघि (वैशाख १० गते)देखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।
छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले ह-त्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशङ्का गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ ।
एकै परिवारका तीन जनाको मृ-त्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए । मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आउनुभएको छ । यहाँ भएको घटनाबारे दाजुलाई जानकारी गराइसकिएको उनका भाइ मोहनकृष्णले बताए।