“ओली सरकारको भ्रष्ट मति: आलोचना गरेकै भरमा कसैलाई जेल, अपहरण गर्नेलाई भने उन्मुक्ति?”

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व सचिव भीम उपाध्यायलाई तुरुन्त रिहा गर्न माग गरेका छन्।

सामाजिक संजाल ट्वीटर मार्फत भट्टराईले सरकारको आलोचना गरेकै कारण भीम उपाध्याय हिरासतमा लिएको भन्दै उनलाई तुरुन्त रिहा गर्न माग गरेका हुन्।

सरकारको आदेशमा अ-पहरण जस्तो ज-घन्य अ-पराध गर्ने पूर्व आइजीपीलाई छुट दिएर सरकारको आलोचना गरेकै भरमा भीम उपाध्यायलाई थुन्नु उचित नहुने भट्टराईको बुझाई छ।

“सरकारको आलोचना गर्ने पूर्व सचिव भीम उपाध्यायलाई साइबर अपराधको आरोपमा थुन्ने,सरकारको आदेशमा अ-पहरण जस्तो ज-घन्य अ-पराध गर्ने पूर्व आइजीपीलाई चाहिं अख्तियारको आयुक्तको पगरी दिने”,भट्टराईले ट्वीटरमा लेखेका छन्। संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कायम गरेर उपाध्यायलाई तुरुन्त रिहा गर्न भट्टराईको माग छ।

“ओलीसरकारको कस्तो भ्रष्ट मति!संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कायम गर!भीम उपाध्यायलाई तुरून्त रिहा गर”, भट्टराईले ट्वीटरमा मार्फत रिहाईको माग गर्दै लेखेका छन्।

प्रकाशित : शनिबार, बैशाख १३, २०७७१७:३५

प्रदेश नं.१ मा संक्रमितको संख्या ३० !