काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर विश्वास गर्न सक्ने अवस्था नभएको दावी गरेका छन्।
आइतबार पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध उजुरी दर्ता नभएपछि पूर्वप्रधानमन्त्री भट्टराईले कानूनको शासन कायम र नागरिकको जीवनरक्षा हुन्छ भनेर विश्वास गर्न नसकिने बताएका हुन्।
आइतबार पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध उजुरी दिन समाजवादी सांसद सुरेन्द्र यादव सहित विभिन्न नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपछि उजुरी गर्दा हुन सकेको छैन। घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दै उजुरी दर्ता गर्न प्रहरीले नमानेपछि भट्टराईले सामाजिक संजाल मार्फत कानूनको शासन कायम हुने कुरामा प्रश्न चिन्ह खडा भएको जनाएका छन्।
“यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अ-पह-रणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?”,भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्।