६० वर्षीय वृद्धको अस्पतालमा गरियो ‘यूरिन टेस्ट’, रिपोट यस्तो आयो कि उड्यो सबैको होश !

एजेन्सी – पाकिस्तानका एक वृद्ध गर्भवती भएको खबर अहिले त्यहाँको सामाजिक संजालमा चर्चामा छ।

पाकिस्तानको पंजाब प्रान्तको खानेवाल स्थित एक ल्याबले ६० वर्षीय वृद्ध पुरुषलाई गर्भवती घोषणा गरिदिएपछि उक्त खबरले सामाजिक संजालमा चर्चा पाएको हो।

बताइएअनुसार, अल्ला बिट्टा नाम गरेका वृद्ध उपचारको लागि डीएचक्यू हस्पिटल पुगेका थिए। त्यहाँ उनको यूरिन टेस्ट गरिएको थियो। जब यूरिन टेस्टको रिपोर्ट आयो, तब परिवारजनको होश नै उड्यो।

खासमा, हस्पिटलको ल्याबले उनलाई गर्भवती देखाइदिएको थियो। स्थानीय संचार माध्यमहरुका अनुसार उनको यूरिन टेस्ट गर्दा लापरवाही गरेका कारण उनको यस्तो रिपोर्ट आएको हो।

उक्त रिपोर्ट गलत फेला परेपछि खानेवालका जिल्ला कमिश्नरले उक्त प्रयोगशालालाई सिल गर्न निर्देशन दिसकेका छन्। उनकै निर्देशन अनुसार प्रयोगशालाका मालिक अमीनलाई गिरफ्तार समेत गरिसकिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

स्वास्थ्य विभागले समेत उक्त प्रयोगशालाको पूर्ण छानबिन गरेको र सो क्रममा बिना कुनै अनुमतिपत्र विना अवैध रूपमा सञ्चालन भइरहेको पाइएको बताइएको छ।

६० वर्षीय वृद्धलाई उक्त प्रयोगशालाले गर्भवती देखाइदिएको समाचार केहि दिन अगाडी पाकिस्तानी मिडिया तथा सामाजिक संजालमा भाइरलनै भएको थियो।

प्रकाशित : आइतबार, बैशाख १४, २०७७१३:१६

औषधि बन्यो आमाको दुध, तीन महिले बालिकाले जितिन् कोरोना !