भारतमा कोरोना संक्रमितको संख्या २७ हजार पुग्न लाग्यो, २४ घण्टामै गयो यति धेरैको ज्यान !

काठमाडौं: गएको २४ घन्टायता भारतमा एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका जनाइएको छ। सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २६ हजार ९१७ जना पुगेको त्यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ५ हजार ९१३ जना भने उपचारपछि निको भएर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार हाल त्यहाँ २० हजार १७७ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन्।

कोरोना भाइरसको अत्यधिक संक्रमकको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र सपिङ मललगायत सबै सेवाहरू बन्द गरिएको छ। पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले विस्तारै बन्देजहरु सहज गरिरहेको छ।

भारतमा संक्रमण बढ्दै गएपछि सरकारले कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७०६:४०

औषधि बन्यो आमाको दुध, तीन महिले बालिकाले जितिन् कोरोना !