बाहिर उत्तर कोरियाली नेता किमको मृत्यु भइसकेको हल्ला, तर वास्तविकता भने अर्कै !

एजेन्सी – (रासस÷एएफपी) : उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् ।

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिएका हुन् । उनले भनेका छन्, “हाम्रो सरकारको सूचना बलियो छ, उहाँ स्वस्थ्य र जिवीतै हुनुहुन्छ ।”

उनले अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा सो जानकारी गराएका हुन् । उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको जानकरी उहाँले सो टिभीलाई बताए ।

यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उनको उपस्थिति नदेखेपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले केहीले उनी गम्भीर विरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । किम इल सुङ उत्तर कोरियाका संस्थापक थिए ।गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।  पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेको थियो ।

तर पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था र उनी कहाँ छन भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा कार्यक्रमहरुमा देखिएका छैनन्।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुराको सोही समयमा खण्डन गरेका थिए ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७०८:१०

बाँस्कोटाले भने – “ओली सिंह हुन्, स्याल होइनन्, केपी ओलीकै कारण नेकपाले जनमत पाएको हो”