एजेन्सी – चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिले पूरै विश्व आक्रान्त छ। विश्वका अधिकांश देशहरु अहिले लकडाउनको अवस्थामा छन्। कोरोना संक्रमण फैलिन नदिने उपयुक्त तरिका मानिएको लकडाउन धेरै देशमा लागू गरिएको छ। जसकारण अहिले मानिसहरु घरमै समय बिताइरहेका छन्।
लकडाउनमा समय बिताउन मानिसहरु केहि न केहि गरिरहेका छन्। लकडाउनको यस समयलाई धेरैले केहि नयाँ सिक्ने र केहि नयाँ उपलब्धि हाँसिल गर्ने अवसरको रुपमा लिएका छन्। तर, अर्को तर्फ केहिले भने लकडाउनमा समय बिताउन रमाइला-रमाइला हर्कत पनि गरिरहेका छन्। यस्तै रमाउने क्रममा पोस्ट गरेको भिडियो र तस्विरका कारण बेलायतकी युवती भाइरल बन्न पुगेकी छन्।
सामाजिक संजाल तथा मिडियाहरुमा भाइरल भैरहेकी युवती शारना ल्याकल्याण्ड हुन्। उनी अहिले धेरै मिडियाहरुमा समाचारको विषय बनिरहेकी छन्।
खासमा, लकडाउनमा घर बसीबसी शारना दिक्क भएकी थिइन्। जसक्रममा उनले केहि नयाँ अनौठो कार्य गर्ने सोचिन्। समय पनि बित्ने र रमाइलो पनि हुने कार्य बारे सोच्दै गर्दा उनले जेब्रा जस्तै बन्ने निर्णय गरिन्। तत्कालै उनले आफ्नो शरीरमा सेल्लोटेप चिप्काउन शुरु गरिन्। उनले पाखुरा र खुट्टाहरूमा जेब्रा जस्तै पट्टिहरु बनाइन्। शारनाले समय बिताउन अपनाएको तरिका अहिले सामाजिक संजाल प्रयोगकर्ता माझ धेरैनै चर्चित भएको छ।
शारनाको जस्तै हर्कत गरी सामाजिक संजालमा तस्विर तथा भिडियो पोस्ट गर्नेहरुको जमात अहिले ह्वातै बढेको छ।