एजेन्सी – उत्तरी ध्रुबको माथि रहेको ओजोन तहमा बनेको प्वाल बन्द हुँदै गएको वैज्ञानिकहरुले बताएका छन्। गत मार्चमा मात्र थाहा हुन आएको उक्त प्वाल बन्द हुँदै गएको वैज्ञानिकहरुको दावी छ।
वैज्ञानिकहरुले ओजोन तहमा बनेको सो प्वाल बन्द हुनुको श्रेय लकडाउन पछि कम भएको प्रदूषणलाई दिन भने नमिल्ने वैज्ञानिकहरु बताउँछन्। उत्तरी ध्रबमा बनेको शक्तिशाली वायु भूमरीका कारण उक्त प्वाल बनेको र अहिले बन्द हुने क्रममा रहेको कोपेर्निकर एट्मोस्फियरिक मोनिटरिङ्ग सर्भिस (सिएएमएस)ले जनाएको छ।
कोपेर्निकर एट्मोस्फियरिक मोनिटरिङ्ग सर्भिस (सिएएमएस)का अनुसार ओजोन तहमा उक्त प्वाल बन्नुमा मानवीय गतिविधिको कुनै पनि सम्बन्ध छैन। उत्तरी ध्रुबमा लामो समय रहेको शक्तिशाली वायुभूमरी (भर्टेक्स) का कारण प्वाल बनेको सिएएमएसको दावी छ। प्वाल बन्नुमा प्रदुषणको पनि कुनै सम्बन्ध नरहेको बताइन्छ। उक्त प्वाल बन्द हुने क्रममा भएपनि प्वालको ठूलो हिस्सा बन्द हुन बाँकी रहेको बताइएको छ।
“कोभिड–१९ र त्यस कारण भएको लकडाउनको यसमा सायद कुनै सम्बन्ध छैन। उत्तरी ध्रुबमा लामो समय रहेको शक्तिशाली वायुभूमरी (भर्टेक्स)का कारण उक्त प्वाल परेको हो। साथै यसमा वायूको गुणस्तरको पनि सम्बन्ध छैन।”,ट्वीटरमा सिएएमएसले भनेको छ।
कोरोना भाइरसका कारण अहिले विश्वका धेरै देशहरुमा लकडाउन गरिएको छ। कोरोना भाइरसकै कारण अहिले कल-कारखाना देखि सवारी-साधनको प्रयोगमा ठूलो कमि आएको छ। जसकारण अहिले पृथ्वीको प्रदुषण न्यून विन्दुमा छ। यसै स्वस्थसंग जोडेर ओजोन तह बन्द हुँदै गैरहेको बताउन थालिएपछि सिएएमएसले यस घटनासंग कुनै सम्बन्ध नरहेको जनाएको हो।