कोरोना विशेष अस्पतालका कर्मचारीले सामान चोरेपछि अख्तियारको छापा !

काठमाडौँ – चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालका सामग्री कर्मचारीहरुले नै चोरेका छन्। कोरोना आशङ्का गरिएका र सङ्क्रमितको उपचार गर्न भरतपुर महानगरपालिकाले तयार पारेको उक्त अस्पतालका सामग्री त्यहाँका कर्मचारीले रातको समयमा चोरेको भिडियो नै सार्वजनिक भएको छ।

सार्वजनिक सिसिटिभी फुटेजमा अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु पोको पारेर लगेको देखिएको छ। सिसिटिभी फुटेज तथा सिसिटिभी फुटेजका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल छन्।

भिडियो सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अुनसन्धान आयोगले अस्पतालमा छापा मारेको छ। हेटौंडाबाट गएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री चोरेको भिडियोमा देखिएको छ। उनीहरूले चप्पल, सेनिटाइजर, मास्कलगायत सामग्रीहरु चोरेको बताइएको छ।

 

यस्ता कोरोना अस्पतालले भने स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको स्पष्टोक्ति दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै भरतपुर कोरोना नियन्त्रण कार्यदलले अस्पतालमा कुनै पनि चोरी नभएको स्पष्टोक्ति दिएको हो।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७१०:४१

सर्वेन्द्र खनाल, महेश बस्नेतविरूद्ध उजुरी दिने प्रयास आज पनि असफल !