सर्वेन्द्र खनाल, महेश बस्नेतविरूद्ध उजुरी दिने प्रयास आज पनि असफल !

काठमाडौँ – सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि सांसद डा सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न अस्विकार गरेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि अस्विकार गरेको हो।

पूर्वराज्यमन्त्री समेत रहेका डा. सुरेन्द्र यादवसँगै राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेता दुई घण्टा सम्म सरकारी वकिलको कार्यालय, काठमाडौंमा रहँदा पनि जाहेरी दर्ता हुन सकेन। जाहेरी दर्ता नभएपनि जनता समाजवादी पार्टीका कार्यकर्ताले बबरमहलमा सडकमा निस्किएर नाराबाजी गरेका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई सांसद र पूर्वप्रहरी महानिरीक्षक विरुद्ध प्रहरीमा उजुरी दिने सांसद सुरेन्द्र यादवको योजना आइतबार पनि असफल भएको थियो।

राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीका विभिन्न नेताहरु सहित महानगरीय प्रहरी परिसर टेकु पुगेपनि उनको उजुरी दर्ता हुन सकेको थिएन।

घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने प्रहरीको हठ पछि उजुरी दर्ता नै नगरी जनता समाजवादीका नेताहरु फर्किन बाध्य भएका थिए।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७११:०६

“कोरोनाको विरुद्ध लड्नुपर्ने समयमा लुसुक्क अध्यादेश ल्याएर षड्यन्त्र गर्नेले पद छाड्नुपर्छ”