मुलपानीमा दुबईबाट आएका एक पुरुषमा आरडिटी कोरोना पोजेटिभ !

काठमाडौँ – काठमाडौंको मुलपानीमा गरिएको र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणमा एक युवकको रिपोर्ट पोजेटिभ आएको छ। मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणमा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो।

एन्टीबडी पोजेटिभ देखिएका युवक २१ वर्षीय रहेका छन्। उनी चैत्र ७ गते दुबई बाट आएको बताइएको छ। र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट पोजेटिभ आउँदैमा कोरोना संक्रमण भएको पुष्टि हुँदैन। यस्तो अवस्थामा कोरोना भएको हो-होइन एकिन गर्न प्रयोगशालामा स्वाबको पिसीआर परिक्षण गरिन्छ।

थप दुईमा सङ्क्रमण, ५४ पुगे सङ्क्रमित

कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् ।

सङ्क्रमित अहिले क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको नजीक रहेका कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।

सङ्क्रामक रोग ऐन परिमार्जनबारे छलफल
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्क्रामक रोग ऐन, २०२० मा गरिनुपर्ने परिमार्जनका विषयवस्तुसहित तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयनका लागि सरकारलाई दिनुपर्ने सुझावका बारेमा छलफल गरेको छ ।

समितिको आजको बैठकले उक्त ऐनमा गरिनुपर्ने परिमार्जनका विषयवस्तुसहित छलफलबाट प्राप्त निष्कर्षका आधारमा तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयन गर्न सरकारलाई दिनुपर्ने सुझाव तथा निर्देशनका लागि मस्यौदा तयार गर्ने निर्णय गरेको छ ।

मस्यौदाका लागि संविधानसभा सदस्य खिमलाल देवकोटा र सङ्घीय संसद् सचिवालयका सहसचिव (कानून) अर्जुनकुमार खड्कालाई सहजीकरण गर्न जिम्मा दिने तथा सो मस्यौदामाथि अर्काे बैठकमा छलफल गरी अन्तिम रुप दिने बैठकको निर्णय छ ।

समिति सभापति परशुराम मेघी गुरुङको सभापतित्वमा भएको बैठक विद्यमान कोभिड–१९ को विश्वव्यापी म-हामारीका सन्दर्भमा सङ्क्रामक रोग ऐन, २०२० को कार्यान्वयन माापन एवं मूल्याङ्कनका सम्बन्धमा सामाजिक दूरी कायम गरी सम्पन्न भएको थियो । बैठकमा समितिका सदस्यहरु, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ताद्वय खिमलाल देवकोटा र रमेश लेखक, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल लगायतको उपस्थिति थियो ।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७११:५१

सर्वोच्चको आदेश – “ज्ञानेन्द्र शाहीलाई तत्काल रिहा गर्नु”