रहेनन् बलिउड अभिनेता इरफान खान, आमा बितेको चार दिनमै छाडे संसार !

चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ। क्यान्सरको बिरामी रहेका खानको बुधबार बिहान निधन भएको हो । उनि मंगलबार बिहान बाथरुममा लडेका थिए। त्यसपछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो।

न्यूरोएन्डोक्राइन ट्यूमरसंग लडिरहेका खानलाई मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । तर उनको उपचारको क्रममा नै निधन भएको छ ।  ५३  वर्षीय इरफान  खानको मृत्युको खबरले पुरै बलिउड शोकमा  डुबेको छ ।

सन् २०१८ मा इरफानलाई न्यूरोएन्डोक्राइन ट्यूमर भएको कुरा पत्ता लागेको थियो। यसको उपचारको लागि इरफान लन्डन पुगेका थिए।  करिब एक वर्ष उपचार गरेपछि उनि भारत फर्किएका थिए। लन्डनबाट स्वस्थ भएर फर्किएपछि उनले बलिउडमा  ‘अंग्रेजी मिडियम’ को शुटिंग पनि गरेका थिए । यो फिल्म यसै वर्षको मार्च १३ मा रिलिज भएको  थियो। जसमा इरफानको साथ राधिका मदान र एक्ट्रेस करिना कपूरको मुख्य भूमिका रहेको छ।

इरफान खानकी आमाको पनि ४ दिनअघि मात्रै निधन भएको थियो । राजस्थानको जयपुर सहरमा ९५ वर्षीय आमाले अन्तिम सास फेर्दा इरफान मुम्बईमा थिए। उनी आमाको अन्तिम संस्कारमा आउन पाएनन्। कोरोनाभाइरसको संक्रमण रोक्न भारतमा लकडाउन भएकाले इरफान आफ्नी आमाको अन्तिम सस्कारमा जान सकेनन्।

प्रकाशित : बुधबार, बैशाख १७, २०७७०७:१२

अन्तिम भिडियो सन्देशमा मेरो प्रतिक्षा गर्नुहोला भनेका थिए, तर बिदा भएर गए…[भिडियो सहित]