महिनादेखि पृथ्वीलाई साङ्लोले बेरेर भोटे ताल्चा मारिएको छ । भनिएको छ कि कोरोना (कोभिड- १९) नाम गरेको ड’रलाग्दो भाइरस सारा मानिसहरू सिध्याउन आएको छ । दुनियाँका प्रायः वैज्ञानिकहरू ल्याबमा बसिरहेका छन्, कोरोनाको नाभी पत्ता लगाउन ताकि कोरोनाको नाभीमा लक्ष्मण बाण हान्न सकियोस् ।
२०-४० वटा पृथ्बी ध्व-स्त बनाउने परमाणुको रिमोट समातेका शक्ति राष्ट्रहरूको सातो गएको छ । ए’टमले या एके- ४७ ले कोरोना म’र्ने भए उनीहरूले कोरोनालाई सिरिया बनाइसक्थे । विश्व स्वास्थ्य सङ्गठन यही धमिलो नदीमा कोरोना माहामारीको जाल बिछ्याइरहेको छ र बारम्बार धम्क्याउँदै आदेश दिइरहेको छ- सबैले लकडाउन गर, घरघरमा ताला लगाऊ, देश ठप्प पार, गाडी गुड्न नदेऊ, जहाज उड्न नदेऊ, कोही जम्मा नहोऊ । कोरोनाको भ्याक्सिन र औषधि नबनेसम्म घरपालुवा जनावर जसरी बस । कम्पाउण्डबाहिर नजाऊ ।
संसार यसरी ठप्प छ कि मानौँ पृथ्वीको आयु समाप्त हुँदै छ । यो कहालीलाग्दो परिवेशमा कोरोना, आजको विश्व पुँजीवाद, विश्व स्वास्थ्य सङ्गठन, मानव स्वास्थ्य, सारा उपचार प्रणाली आदि सबैको तर्क, तथ्य र विज्ञानको आधारमा श’ल्यक्रिया जरुरी भएको छ ।
के कोरोना महामा’री हो ?
सामान्यतया मानिससँग कुनै रोगको उपचार प्रणाली या औषधि छैन र त्यो रोगले मानव मृत्युदर तीव्र पारेको छ भने त्यसलाई महामा’री भनिएला । महामा’री नाप्ने ३ वटा मापक होलान् । एक, रोगको उपचार पद्धति या औषधि नहुनु । दुई, रोगले मृत्युदर तीव्र पार्नु । तीन, रोगको संक्रमणदर व्यापक हुनु ।
यी ३ आँखाबाट हेर्दा पहिलो, एलोपेथी उपचार पद्धतिमा औषधि या भ्याक्सिन नभएको जरुर हो । तर, आजसम्म १० लाख कोरोना संक्रमितहरू उपचार भएर घर फर्किसकेका छन् । अर्थात् कोरोनाको उपचार छैन भन्ने तर्क हावादारी प्रमाणित भइसकेको छ ।
दोस्रो, कोरोनाले मृत्युदर तीव्र पारेको छ भनिएको छ । आजसम्म देखापरेका ब्ल्याक डेथ, स्पेनिस फ्लु, बिफर, क्यान्सर, टीबी जस्ता कुनै पनि भाइरस, फ्लु या रोगभन्दा कोरोनाको मृत्युदर निकै कमजोर देखिएको छ । झण्डै ४ महिनामा आजसम्म सवा २ लाख मानिसहरूको मृत्यु भयो भनिएको छ । यो आफैँमा महामा’री घोषणा गरेर दुनियाँ बन्द गर्नुपर्ने भयावह मृत्युदर पक्कै होइन ।
तेस्रो, संक्रमणको दर उच्च छ भनिएको छ । संक्रमणका पनि २ विशेषता हुने रहेछन् । पहिलो, संख्यात्मक संक्रमण । दोस्रो, गुणात्मक संक्रमण । अंकगणितीय हिसाबले संख्यात्मक संक्रमणको संख्या जबर्जस्त धेरै देखाइएको छ तर गुणात्मक संख्या हामी सबैको आँखा आगाडि छर्लङ्गै छ ।
कर्पोरेट व्यापार र विश्व स्वास्थ्य सङ्गठन:
अहिले आधुनिक चिकित्सा प्रणालीको वैधानिक ठेकेदार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बनेको छ । यसले एलोपेथीबाहेकका उपचार प्रणालीलाई लगभग खारेज गरेको छ । कोरोनाको सम्पूर्ण ठेक्का एलोपेथीलाई दिएको छ ।
दोस्रो विश्वयुद्धपछिको नवउदारबादले स्वास्थ्य क्षेत्रलाई पनि व्यापक निजीकरण गरियो । त्यसैको परिणाम आधुनिक स्वास्थ्यको ठेक्का कर्पोरेटहरूले लिन थाले । नाफाका लागि रोगहरूको उत्पादन, भ्याक्सिनहरूको उत्पादन, औषधिहरूको उत्पादन र मेडिकल सामग्रीहरूको उत्पादनमा उनीहरूले जबर्जस्त हस्तक्षेप गरे ।
जनस्वास्थ्य कर्पोरेटहरूको मुख्य नाफा गर्ने उद्योग बन्यो । यसपछि कुनै पनि देशले आफ्नो देशको स्वास्थ्य नीति, उपचार प्रणाली र औषधिहरूको निर्णय गर्न नसक्ने अवस्था बन्यो । स्वास्थ्य कर्पोरेटको योजनामा डब्लूएचओलाई ढाल बनाएर मेडिकल व्यापार दुनियाँभर फैलाइयो । नाफाको मातहतमा आधुनिक स्वास्थ्य विज्ञानलाई समेत सञ्चालन गरियो । त्यसैको परिणाम आजको जनस्वास्थ्य कर्पोरेटको पोल्टामा पुग्यो ।
उदाहरण बिल गेट्सको संस्था अमेरिकापछि डब्लूएचओलाई सहयोग गर्ने दोस्रो ठूलो संस्था हो । बिल गेट्स आफैँ भ्याक्सिन, औषधि र मेडिकल सामग्रीको विश्वकै मुख्य व्यापारी पनि । आफ्नो अन्नदाताको आदेश डब्लूएचओले इन्कार गर्ने कुरै भएन । झन् नाफाखोर भूमण्डलीकृत पुँजीवादले त होस्टेमा हैँसे गर्ने भइहाल्यो ।
कोरोना के हो ?
कोरोनाका बारेमा आजसम्म पनि आधुनिक चिकित्सा विज्ञान एकरूप धारणामा छैन । मानव निर्मित जैबिक हतियार कि प्राकृतिक ? खोजी जारी छ । कोरोनाको रूप, गुण, लक्षण, आयु र प्रभावका बारेमा पनि खोजी जारी नै छ ।
तर, कोरोना मानव निर्मित या प्राकृतिक जे भए पनि, कोरोना पुरानो या नयाँ पत्ता लागेको भाइरस जे भए पनि, कोरोनाको संक्रमणको चरित्र जस्तो भए पनि, कोरोनाको हैसियत एउटा मौसमी फ्लु सरह नै छ भन्ने आधारतिर नै तराजु ढल्किएको छ । यसले भनिएको जस्तो महामा’री र क्षति ल्याउन सक्ने देखिँदैन ।
कोरोनाको खास तथ्याङ्क र खास रहस्य:
डब्लूएचओले कोरोनाका पछि अंकगणितीय तथ्याङ्कको क्षेप्यास्त्र हानेको छ । अमेरिका र इटाली जस्ता देशलाई नजिर बनाएर दुनियाँलाई त्रासको साइरन बजाएको छ जबकि कोरोनाबारे सार्वजनिक गरिएको तथ्याङ्क आफैँमा मिथ्याङ्क छ । वास्तविकता त्यसभन्दा कोसौँ पर ।
पहिलो र मुख्य कुरा कोरोनाको टेस्ट गर्ने आरटी-पीसीआर टेस्ट कीट बनाउने नोबेल पुरस्कार विजेता केरी मुलसले आफैँ भनेका छन् कि आरटी-पीसीआर अनुसन्धानका लागि मात्र हो । यसले कुनै भाइरस डिटेक्ट गर्दैन । यसको आधारमा कुनै उपचार अगाडि बढाउन मिल्दैन । अर्थात् जुन टेस्टबाट कोरोना भाइरसको हौवा पिटिएको छ, त्यो टेस्ट नै अपूर्ण छ । कोरोनाबाट म’रेका बिरामीहरूको तथ्याङ्क आफैँमा आधारहीन हुने भइहाल्यो । यसले कोरोनाले दिनदिनै मान्छे म’रिरहेको समाचार सम्प्रेषण गर्नुको कुनै तुक देखाउँदैन ।
दोस्रो, आरडीटी त आफैँमा एन्टिबडी अर्थात् शरीरमा कुनै समय यस्तो भाइरस थियो, अहिले छैन भन्न मात्र गरिन्छ । यसरी अविश्वसनीय टेस्ट गरेर विश्वसनीय हल्ला फैलाउनु निकै घा’तक देखिन्छ । तेस्रो, अमेरिकामा हरेक महिना ३०-४० हजार मानिस स्वासप्रस्वासले, इटालीमा १०-१५ हजार स्वासप्रश्वासले र यस्तै अनुपातमा अरू देशमा पनि म’र्थे । ती सबै तथ्याङ्कलाई छोपेर कोरोना तथ्याङ्कलाई अगाडि तेर्स्याइएको छ ।
चौथो, कोरोना देखियो भनेर हल्ला गरेपछि मलेरिया, इबोला, जापानी इन्फ्लुएन्जा र एड्समा प्रयोग गर्ने हाइड्रोक्सिक्लोरिक्विन, रेम्डेसेबिर र अरू एन्टिइन्फेक्टेड औषधिहरू बिरामीलाई खुवाइयो । पछि डब्लूएचओले पनि सिफारिस गर्यो । ती औषधिहरूको प्रयोगले मृत्युदर झन् बढ्यो । खुवाउनै नहुने औषधि खुवाएर आफैँ ह-त्यारा बन्ने र लासहरूको संवेदना तेर्स्याउने काम अमानवीयताको पराकाष्ठा भएन ?
पाँचौँ, आधुनिक चिकित्सा विज्ञानको उमेर ३ शताब्दीजति भयो । तर, हजारौँ वर्ष पुरानो प्राकृतिक चिकित्सा, आयुर्बेद, युनानी उपचार र परम्परागत उपचार प्रणालीलाई पूरै बेवास्ता गरियो । ‘हामीलाई बिरामी देऊ, हामी कोरोनाको उपचार गर्छौं’ भन्दा पनि डब्लूएचओ र कुनै देश त्यो प्रयोग गर्न तयार भएनन् जबकि कैयौँ कोरोनाका बिरामीहरू अस्पताल नगएर त्यही विधिबाट सम्पूर्ण निको भएर फर्किएका छन् ।
छैटौँ, संसारमा हरेक वर्ष १३ करोड मानिसहरू जन्मिन्छन् र ६ करोडजति म’र्छन् । यसअघि पनि हरेक वर्ष झण्डै १० लाख बिरामीहरू स्वासप्रश्वासको रोगले, धुम्रपानले ४८ लाख, २ करोड मुटु रोगले, १ करोड क्यान्सरले, १८ लाख टीबीले र अरू फ्लुले २० लाख मानिसहरू म’र्थे । आज ती रोगले सदाझैँ म’रिरहेकालाई कोरोनाले छोएर म’र्दा कोरोनाकै कारण म’रे भनिएको छ । यो त झन् अंकगणितीय मेडिकल प्रोपोगन्डा भयो ।
सातौँ, विभिन्न अनुसन्धानबाट कोरोनाको मृत्युदर संक्रमित १ हजार जनामध्ये १ जना मात्र छ भन्ने तथ्य खुलेको छ । आठौँ, नेपालमा समेत निको भएका भनिएका झन्डै २० जना कोरोना संक्रमितहरू भ्याक्सिन र औषधि प्रयोग नगरी घर फर्किसकेका छन् ।
कोरोनाको उपचार- इम्युनिटी:
भ्याक्सिन र औषधिको भाषा मात्र बुझ्ने र बुझाइएको आजको चिकित्सा नीतिमा कोरोनाले नकारात्मक रूपमा एउटा सकारात्मक सन्देश दिएको छ । त्यो भनेको इम्युनिटी पावरले मात्र कोरोना भाग्छ भन्ने । किनकि जति पनि बिरामीहरू निको भएर गएका छन्, ती कुनै अमुक औषधि र भ्याक्सिनले होइन, इम्युनिटीका लागि उचित प्राकृतिक खानपानले मात्र हो । यसले आयुर्बेद, प्राकृतिक चिकित्सा, प्राणायाम, योग र अर्गानिक खानपानको अनिवार्यतालाई जबर्जस्त स्थापित गरिदिएको छ ।
दुःखको कुरा, स्वास्थ्य विज्ञान भनेकै आधुनिक एलोपेथी विज्ञान मात्र हो भन्ने भ्रम पुँजीवादले जबर्जस्त व्याप्त पारेको छ । अझ केही माक्र्सवादीहरू समेत एलोपेथी माक्र्सवादी र आयुर्वेद या प्राकृतिक उपचार गैरमाक्र्सवादी भन्ने बेतुकका कुरा गर्छन्, जबकि मानव सभ्यताले आर्जन गरेका सबै सकार विधि, ज्ञान, अनुभवहरू आफैँमा विज्ञान हुन् ।
लकडाउनको ‘फेलियर’ नीति:
पहिलो कुरा त कोभिड- १९ देखापर्यो भन्ने बित्तिकै केही मृतकको कथा देखाएर लकडाउन सुरु गरियो । आजको मात्र नाफा हेर्ने पुँजीवाद आफ्नो स्वास्थ्यमा कति चुस्त छ भन्ने हेर्न अब अन्त जानुपरेन । पुँजीवादले हरेक मानिसलाई एक-एकवटा बन्दुक बाँड्न मिल्ने गरी उत्पादन गर्दागर्दै मानिसलाई चाहिने मास्क उत्पादन गर्न बिर्सेछ ।
हतियारका ठूलाठूला कारखानाको मालिक पुँजीवादले पर्याप्त अस्पताल र भेन्टिलेटर बनाउन भ्याएनछ । लिपिस्टिक र पाउडरले संसार पोत्न सक्षम पुँजीवादलाई मानव सौन्दर्यको परिचायक मानव स्वास्थ्य हो भन्ने हेक्का भएनछ । रक्सीको आठौँ महासागर भएको पुँजीवादसँग स्यानिटाइजरको कुलोसमेत रहेनछ । अर्थात् हतियार, शक्ति र बिलासिताको जहाजमा उड्दा उड्दा पुँजीवादले स्वास्थ्यको जमिन बिर्सेछ । त्यही बेला कोरोना आएपछि ऊसँग कुनै तयारी हुने कुरै भएन र बन्द गरेर कैदी हुने बाटोको ऊसँग विकल्प थिएन ।
दोस्रो, कर्पोरेट मेडिकल रणनीतिको सिकार हुने आधार पनि प्रशस्त छ किनकि थन्केको मलेरिया, जापानी इन्फ्लुएन्जा, एड्स र इबोलाको औषधि अहिले व्यापक बिक्री भएको छ । भ्याक्सिन र औषधि बनाउन तीब्र प्रतिस्पर्धा छ । भेन्टिलेटर, स्यानिटाइजर र मास्कको व्यापार यो कोरोना समयमा दिन दुई गुणा, रात चौगुणा मौलाएको छ ।
तेस्रो, ताइवान जस्तो देश, जसले डब्लूएचओको आदेश नमानेर लकडाउन गरेन । डब्लूएचओबाट प्रतिबन्धित भएर कोरोनालाई जितेको छ । कोरिया, भियतनाम, श्रीलङ्का, स्विडेन, जापान, बेलारुस, क्युबा जस्ता देशहरूले लकडाउन इन्कार गरेर कोरोना जितेका छन् बरु जहाँ लकडाउन भएर त्रास फैलाइएको छ, त्यहाँ मृत्युदर बढेको छ र जहाँ लकडाउन गरिएको छैन। त्यहाँ संक्रमण र मृ-त्यु या त शून्य छ या त नगण्य ।
चौथो, लकडाउनका नीति आफैँमा यस कारण पनि सही छैन कि कोरोनाको अन्त्य कहिलेसम्म हुन्छ भन्ने निश्चित छैन । भ्याक्सिन बन्न मात्र कम्तीमा ६ महिनादेखि १ वर्षसम्म लाग्छ भनिएको छ । त्यति समय लकडाउन लम्ब्याउन कहीँ पनि सम्भव छैन ।
कोरोनाका शिक्षाहरू:
हाउगुजी नै सही कोरोनाले भूमण्डलीकृत पुँजीवाद र आजको मानव सभ्यतालाई गतिलो शिक्षा दिएको छ । पहिलो, प्रकृतिमाथि पुँजीवादले गरेको निर्लज्ज दोहनको परिणाम कति भ-यावह छ भन्ने पछिल्लो वातावरणले प्रमाणित गरेको छ ।
दोस्रो, पुँजीवाद स्वास्थ्यको मामिलामा कति कमजोर र हेल्चेक्र्याइँ गरिरहेको छ भन्ने कुरा प्रस्ट भएको छ । तेस्रो, कर्पोरेट उत्पादनले मानव आवश्यकता पूर्ति गर्न सक्दैन । हरेक देश र समुदायले आत्मनिर्भर उत्पादन प्रणाली अपनाउनुपर्छ भन्ने तथ्य छर्लङ्ग पारेको छ ।
चौथो, अन्ततः पुँजीवादले आजको प्रकृति र मानव सभ्यताको अन्तर्विरोध हल गर्न सक्दैन । समुदायमा आधारित समाजवादको निर्विकल्पतालाई फेरि उजागर गरिदिएको छ । पाचौँ, पुँजीवादको गर्जन फगत स्याल हुइँया सिद्ध भएको छ ।
यस कारण कोरोना हाउगुजी:
माथिका छलफलले कोरोना महामा-री नभएर सानो बच्चामा ननिदाएको बेला, रोएका बेला ‘गुजी आयो, गुजी आयो’ भनेर आमाले बच्चालाई तह लगाएजस्तै आफैँले सम्हाल्न नसकेको कोरोनालाई हाउगुजी बनाएर दुनियाँ तह लगाउने रणनीति हो भन्न कठिन छैन ।
भ्याक्सिन र औषधि बनाउने अभियान सफल हुँदै पनि गर्ला । अहिले हामीसँग कोरोनाको हाउगुजीबाट मुक्त भएर स्वास्थ्यमा अक्षम पुँजीवाद र डब्लूएचओको गलत कोरोना कदमको भण्डाफोर अनि तर्क, तथ्य र विज्ञानको आधारमा नयाँ स्वास्थ्य प्रणाली निर्माणको अर्को बहस र अभियान सञ्चालन गर्नुको विकल्प छैन ।