देशभरि स्वच्छता अभियानको विषयमा निरन्तर जागरूकता अभियान सञ्चालन भईरहेको छ। तपाईले पनि आफ्नो घर र आसपासका क्षेत्रहरू सफा राख्न प्रयास गर्नु भएकै होला। विशेषगरि जहाँ खाना बनाउनुहुन्छ यानि आफ्नो भान्सा सफा राख्नुभएकै होला।
आफ्नो भान्सा सफा गर्नका लागि तपाई वाइप प्रयोग गर्नुहुन्छ होला या एन्टी-ब्याक्टेरियल वाइपको प्रयोग गर्नुहुन्छ होला। तर के यसको प्रयोगले तपाईको भान्सा वास्तवमै सफा हुन्छ त ? यस रहस्य जान्नको लागि एक परिक्षण गरियो जहाँ तीन परिवारलाई अस्थायी भान्साको व्यवस्था गरिएको थियो।
परिक्षणको सुरुवातमा तीनै परिवारलाई भान्सालाई एन्टी-ब्याक्टेरियल वाइपको मद्दतले राम्रो सँग सफा गर्न भनियो। त्यसपछि उक्त भान्सालाई आम भान्सा जस्तै प्रयोग गर्न सुझाव दिईयो। हामीले भान्सा सफा राख्नको लागि वाइपको लगातार प्रयोग गर्न निर्देशन दियौँ। हामी हेर्न चाहन्थ्यौँ कि भान्सा कति समयसम्म सफा रहन्छ त।
के सरसफाई गर्नु समयको बर्बादी हो ?
त्यसपछि हामीले उक्त वाइपको जाँचको लागि न्यु कासलस्थित नर्थम्ब्रिया विश्वविद्यालय(Northumbria University) मा पठायौँ। सफा गरिएको ठाउँबाट पनि नमुनाहरु लिइयो। भौतिकशास्त्री लिन डोवरको अनुसार, ” पहिलो नमुना खाना बनाउने ठाउँबाट सफा गरेको करिब डेढ घण्टा पछि लिएका थियो। त्यहाँ जीवाणु र फंगस तीव्र रुपमा बढिरहेको थियो। “
यस मतलब सफा गरेपछि तुरुन्तै तपाईको भान्साको स्लाबमा जीवाणु बढ्न थाल्छ। लिनको अनुसार, “सफा गरेको १२ घण्टा पछि लिएको नमुनाबाट के पत्ता लागेको थियो भने त्यहाँ अत्यधिक मात्रामा जीवाणु र फंगस रहेको थियो। “
त्यसैले यदि तपाई पनि यस तरिकाबाट एन्टी-ब्याक्टेरियल उत्पादनहरुको प्रयोग गर्नुहुन्छ भने तपाई आफ्नो समय र पैसा बर्बाद गर्दै हुनुहुन्छ। सफाई पछि पनि जीवाणुहरु छिट्टै बढ्छ, तर केही यस्तो जीवाणु पनि नष्ट हुन्छ जुन तपाईको स्वास्थ्यको लागि फायदाजनक हुन्छ।
कहाँ लुकेका हुन्छन त फोहोरहरु ?
एनएसएफ इन्टरनेशनलले २२ परिवारमा अध्ययन गरेको थियो। परिवारलाई हरेक दिन घरको ३० सामानहरुको वाइपबाट सफा गर्न निर्देशन दिईएको थियो। भान्सा देखि मोबाइल फोन सम्म वाइपबाट सफा गरेका थिए। जाँचबाट पत्ता लाग्यो कि वाइपबाट सफा गरिएको चिजहरुमा कोलिफर्म(Coliform bacteria) नामक ब्याक्टेरिया अत्यधिक पाइएको थियो। अनुसन्धानबाट पत्ता लाग्यो कि करिब ७५ प्रतिशत भाँडाकुडाहरु सफा गर्ने वाइप या स्पोन्जमा कोलिफर्म ब्याक्टेरिया पाईएको थियो।
यसबाहेक ४५ प्रतिशत किचेन सिंकमा, ३२ प्रतिशन शेल्फमा, १८ प्रतिशत सागसब्जी काट्ने बोर्डमा, २७ प्रतिशत टुथब्रस होल्डरमा र ९ प्रतिशत बाथरुमको ह्याण्डलमा ब्याक्टेरिया पाईएको थियो।
भाँडाकुडाहरु गर्ने स्पोन्ज घरको सबैभन्दा फोहोर चिज
सफा गर्ने कपडा या वाइप अक्सर उष्ण या चिसो हुन्छ जुन जीवाणुका लागि अति उपयोगी साबित हुन्छ।
रोगहरु सर्ने कारणबारे अनुसन्धान गरिरहेका एरिजोना विश्वविद्यालयको डाक्टर चक जेरबा अनुसार भाँडाकुडाहरु सफा गर्ने स्पोन्ज या कपडा घरको सबैभन्दा अधिक फोहोर चिज हो। उनको अनुसन्धान अनुसार एक स्पोन्जको एक वर्ग ईन्चमा करिब एक करोड भन्दा बढी जीवाणुहरु हुन्छन। यो संख्या एक ट्वाइलेट सिटमा पाईने ब्याक्टेरिया भन्दा पनि अत्यधिक बढी हो। ट्वाइलेट सिटमा एक वर्ग ईन्चमा केबल ५० ब्याक्टेरियाहरु हुन्छन। यानि तपाईको स्पोन्ज एक ट्वाइलेट सिट भन्दा २०,००० गुण बढी फोहोर हुन्छ।
कसरी भान्सा सफा राख्ने ?
भान्सालाई सफासुग्घर राख्नका लागि यो कुरा महत्वपूर्ण छ कि भाँडाकुडाहरु सफा गर्ने कपडा या स्पोन्ज सुख्खा होस् र हप्तामा एक पटक ब्लीच गर्न नभुलौँ। गुड हाउस किपिंग म्यागजिनले स्पोन्ज सफा राख्नका लागी दिएको सुझाव निम्न छन् :-
स्पोन्जलाई माइक्रोवेवको नजिक राख्न सकिन्छ।
सागसब्जी र माछामासु काट्नको लागि अलग-अलग बोर्ड राख्ने गर्नुहोस। काठको बोर्ड प्रयोग गर्नुभएमा सफा गर्न सजिलो हुन्छ।
राम्रो सफाईको लागि भिनेगर एसिटिक एसिडको प्रयोग गर्न सकिन्छ।
बीबीसी हिन्दीबाट अनुवादित