यी ५ बलिउड स्टारले अनाथ बच्चाहरुलाई सडकबाट उठाएका थिए, आफ्नै सन्तान सरह गरे प्रेम !

रवीना टन्डन

रवीनाले २१ वर्षको उमेरमा आमा बन्ने निर्णय गरेकी थिइन्। विवाह नगर्दै उनले दुई अनाथ बालिकाहरु पूजा र छाया लाई “एडप्ट” गरिन्। त्यस समयमा पूजाको उमेर ८ थियो भने छायाको उमेर ११ थियो। विवाह पछि जन्मिएका सन्तान सरह नै रवीनाले पूजा र छायालाई प्रेम गर्छिन्।

सुष्मिता सेन

२५ वर्षको उमेरमा नै १ बालिकालाई “एडप्ट” गरेकी पूर्व मिस यूनिवर्स सुष्मिता सेनले पछि गएर अन्य दुईलाई पनि “एडप्ट” गरिन्। उनले “एडप्ट” गरेका मध्ये सबै भन्दा ठूली छोरीको विवाह भैसकेको छ भने उनी अहिले अन्य दुई छोरीसंग बस्दै आएकी छन्।

सलीम खान

सलमान, अरबाज अलवीरा, सोहेल खानका पिता हुन्, सलीम खान। बलिउडमा संवाद र स्टोरी लेखकको रुपमा राम्रै पहिचान बनाएका सलीमले अर्पितालाई सडकबाट उठाएका थिए। “एडप्ट” गर्दै सलीमले सडककी अर्पितालाई आफ्नो छोरी बनाए। अर्पितालाई सलीम मात्र नभई सलमान पनि निक्कै प्रेम गर्छन्।

प्रीति जिन्टा

सन् २००९ मा ३४ वर्ष पुगेको अवसरमा ऋषिकेशमा रहेको मिरेकल स्कूलका ३४ किशोरीहरुलाई “एडप्ट” गरेकी थिइन्। त्यस समय देखि प्रितीले ३४ जनाको पढाई र लालन-पोषणको खर्च हेर्दै आएकी छन्।

मिथुन चक्रवर्ती

बलिउडका चर्चित मिथुन चक्रवर्तीले पनि छोरी दिशानीलाई सडकबाट उठाएर “एडप्ट” गरेका थिए। मिथुनले आफ्ना सन्तानहरु मिमोह, नमाशी र उस्मयलाई जस्तै दिशानीलाई पनि प्रेम दिएर पालेका छन्।

प्रकाशित : सोमबार, बैशाख २२, २०७७१५:५५

दिवेश पोखरेललाई अमेरिकन आइडल बनाउन भोट माग्दै हजुरआमा, ब्यानर सहित सडकमा !