“हालान्ड रियल म्याड्रिडकै लागि बनेका हुन्”

एजेन्सी – रेड बुल साल्जबर्गमा युवा फरवार्ड एर्लीङ ब्राउट हालान्डसँग केहि समय काम गर्ने मौका पाएका स्टेनिस्लाव मासेकले हालान्ड विश्वका ठूला क्लबको लागि बनेको बताएका छन्।

एक खेल मिडियासँग कुराकानी गर्दै उनले हालान्ड स्पेनिस क्लब रियल म्याड्रिडको लागि बनेको दावी गरेका हुन्। हालान्डलाई आधुनिक ज्लाटन इब्रहिमोभिचको संज्ञा दिँदै उनी स्पेनिस क्लब रियल म्याड्रिडको लागि बनेको दावी गरे।

हालान्डसँग रियल म्याड्रिडले छिट्टै सम्झौता गर्ने उनको विश्वास छ। उनका अनुसार हालान्ड स्विडिस फरवार्ड ज्लाटन इब्रहिमोभिचकै बाटो पछ्याउन सक्षम छन्।

“हालान्ड आधुनिक ज्लाटन इब्रहिमोभिच हुन्। म भन्छु की, खासमा उनी मैदानमा उत्कृष्ट मात्र नभई छिटो पनि छन्। खेल र पेशा कसरी सामना गर्ने र मिलाएर लैजाने भन्ने कुरामा उनमा राम्रो मानसिकता छ।”,उनी भन्छन्। जर्मन क्लब बोरुसिया डर्टमुन्डमा जाने हालान्डको निर्णयलाई उनले राम्रो कदम भनेका छन्।

“मलाई लाग्छ, उनको यो ठूलो कदम हो। जर्मनीमा भएका उत्कृष्ट खेलाडी मध्ये उनी एक छन्।”,अन्तर्वार्तामा उनले भनेका छन्।

स्टेनिस्लाव अन्तर्वार्तामा थप भन्छन्,”यदि उनी यस्तै प्रगति गरिरहन्छन् भने निस्सन्देह, हामी उनलाई फेरि ठूलो क्लबमा देख्नेछौं। उत्कृष्ट खेलाडीहरुले म्याड्रिडमा खेल छन् र उनी पनि म्याड्रिडमा खेल्ने उत्कृष्ट मध्ये एक हुनेछन्। खासमा उनी म्याड्रिडका लागि बनेको फुटबलर हुन्।”

सन् २०१९-२०२० को सुरुवाती सिजनमा जेस मार्शसँग साल्जबर्गमा काम गरेका थिए। जसक्रममा उनले हालान्डसंग नजिक रहेर काम गरेका थिए।

प्रकाशित : मङ्गलबार, बैशाख २३, २०७७१३:०९

बार्सिलोनालाई उपाधि दिनु अन्यायपुर्ण हुने