हेटौँडा – लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लु-टिएका छन् । काठमाडौँमा घर निर्माणमा संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी काठमाडौँबाट विराटनगर जाने क्रममा नागढुङ्गामा लु-टिएका हुन् ।
नागढुङ्गाभन्दा तल बस पाइन्छ भन्ने आश्वासन दिएर निजलाई लु-टिएको थियो । भारत, मालदह घर बताउने चौधरीलाई घाँटीमा खुकुरी तेस्र्याएर निजसँग रहेको रु १५ हजार र झोला लु-टिएको बताइएको छ । ठेकेदारले घर जनालाई रु १५ हजार दिएका थिए । लु-टिएपछि पैसाको अभावले पीडित चौधरी भोकै हेटौँडासम्म आइपुगेका थिए । बुधचोकमा भेटिएका उनलाई राससले खाजा, पानी र बाटा खर्च दिँदै मकवानपुर प्रहरीलाई जिम्मा लगाएको थियो । उनी विराटनगर जान लागेका थिए ।
लकडाउन लम्बिँदै जाँदा दिनहुँ सैयौँ मजदूर हेटौँडा हुँदै आआफ्नो गन्तव्यमा जाँदै गरेको देखिन्छ । बाटामा खाजा र खाना नपाइएको कलैयाका रामपुकार ठाकुरले बताए।
मुलुकभर ६६ हजार नमूना परीक्षण
सरकारले हालसम्म मुलुकभर पिसिआर र ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर विधिबाट १३ हजार ८५० र आरडिटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४ घन्टामा एक हजार ५८२ वटा नमूना परीक्षण गरिएको छ । मुलुकभरका विभिन्न १८ स्थानबाट पिसिआर विधिबाट परीक्षण भइरहेको उनले जानकारी दिए ।
प्रदेश नं १ मा छ हजार १२२, प्रदेश नं २ मा पाँच हजार ७७५, वागमती प्रदेशमा आठ हजार ९४०, गण्डकी प्रदेशमा छ हजार ७४, प्रदेश नं ५ मा पाँच हजार १९३, कर्णाली प्रदेशमा पाँच हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ वटा नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।