लकडाउन तत्काल नखुल्ने: लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय !

काठमाडौँ – सरकारले लकडाउनलाई निरन्तरता दिने भएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन प्रभावकारी देखिएको हुँदा सरकारले लकडाउनलाई निरन्तरता दिने भएको हो।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको छ।

बैठकले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताएका छन्।

लकडाउनलाई निरन्तरता दिने विषयमा विस्तृत छलफल भए पनि त्यस बारे कुनै पनि निर्णय नभएको उनले जानकारी गराए। लकडाउनको सम्बन्धमा मन्त्रिपरिषद बैठकले थप छलफल गरेर निर्णय गर्ने उनको भनाई छ।

गृहमन्त्रीले भने – “लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि बढ्छ, केहि खुकुलो पारौं”

गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि बढ्ने बताएका छन्।

संसदको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका हुन्।

उत्पादन र सेवाका क्षेत्रहरूमा निश्चित सर्तहरूसहित सामाजिक दूरी कायम गरेर लकडाउन खोल्नुपर्ने उनको बुझाई छ। उत्पादन र सेवाका क्षेत्रहरू निश्चित सर्तसहित खोल्न नसके देशमा ठूलो सङ्कट पैदा हुने उनले बैठकमा बताए।

“कोरोना संकटलाई तोड्न विश्वले लकडाउन, आइसोलेसन, सामाजिक दूरी कायम गर्ने रणनीति लिएको छ। तर, अब उत्पादन र सेवाका क्षेत्रहरू निश्चित सर्तहरूसहित सामाजिक दूरी कायम गरेर लकडाउन खोल्नुपर्छ। लकडाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन। आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ।”,बैठकमा आफ्नो राय राख्दै उनले भने।

उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरू र विकास निर्माणका कामहरू क्रमशः सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्ने र यसले देशलाई आइपर्ने आर्थिक सङ्कटबाट बचाउने उनले स्पष्ट पारे।

प्रकाशित : मङ्गलबार, बैशाख २३, २०७७१३:५२

सरकारको आह्वान – “२५ गते साँझ ७ बजे दीप प्रज्वलन गरौं”