काठमाडौँ – सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो।
२५ गते वुद्धजयन्ती समेत परेको हुँदा वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरिएको बताइएको छ।
लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय !
बैठकले लकडाउनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन प्रभावकारी देखिएको हुँदा लकडाउनलाई निरन्तरता दिने बैठकले निर्णय गरेको हो।
बैठकले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताएका छन्।
लकडाउनलाई निरन्तरता दिने विषयमा विस्तृत छलफल भए पनि त्यस बारे कुनै पनि निर्णय नभएको उनले जानकारी गराए। लकडाउनको सम्बन्धमा मन्त्रिपरिषद बैठकले थप छलफल गरेर निर्णय गर्ने उनको भनाई छ।