ट्रक भित्र फेला पर्यो १ करोड ९ लाख भारतीय रुपैयाँ !

सांकेतिक तस्विर

विराटनगर – एकीकृत भन्सार जाँच चौकी विराटनगरमा जाँचका क्रममा ठूलो राशिको भारतीय रकम आज बरामद भएको छ ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सो जाँचचौकीबाट नेपाल भित्र्याउन लागिएको भारु एक करोड नौ लाख ७९ हजार ५३० सहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए।

भारतको सुपौलबाट डब्ल्युबी ७३ ई ७६७७ नंको ट्रकलाई खानतलासीका क्रममा कार्टुनमा लुकाइराखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ट्रकका चालक रवीकुुमार शर्मा र सहचालक पप्पुुकुुमारलाई नियन्त्रणमा लिएको र उनीहरु दुवै जना भारतीय नागरिक रहेको बताइएको छ । सो ट्रक विराटनगरबाट सामान लिएर भारतको सिलिगुुडी जानका लागि विराटनगर भित्रिएको र सो रकम हुुण्डी कारोवारीको हुुन सक्ने प्रहरीको अनुुमान छ । बरामद रकम राजश्व कार्यालय इटहरीमा बुुझाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित : मङ्गलबार, बैशाख २३, २०७७१५:१४

कोरोना भाइरस: सबै भन्दा बढी मृत्यु हुने युरोपेली राष्ट्र बन्यो बेलायत, इटालीलाई उछिन्यो !