छाला देखि टाउको दुखाई कम गर्नसम्म फाइदाजनक जाइफल, यसरी गर्नुहोस प्रयोग!

गरम मसालमा प्रयोग गरिने जाइफल यदाकदा नाम सुन्नु भएकै होला । यो खानाको स्वाद जति बढाउन उपयोगी छ त्यति नै स्वस्थ्यका लागि समेत निकै लाभदायक रहेको छ । जाइफलमा एन्टी अक्सिडेन्ट प्रसस्त मात्रामा पाइन्छ।  जसले शरीरमा रोगसँग लड्न सक्ने क्षमताको विकास गर्न मदत गर्छ।  यसका साथै जाइफलका  अन्य बिबिध फाइदाहरु समेत रहेका छन। के के हुन् त? एकैछिन चर्चा गरौँ:

सर्दी हुनबाट बचाउछ:

जाइफल सर्दीबाट सजिलै मुक्ति पाउन सकिने अति लाभदायक औषधि हो।  एक ग्लास पानीमा जाइफलको पाउडर मिसाई महका साथमा हरेक दिन सेवन गर्न सकेको खण्डमा मौसम परिवर्तन संगै निम्तने बिभिन्न रोग तथा चिसो र सर्दी हुनबाट सजिलै बच्न सकिन्छ।

टाउको दुखाईका लागि लाभदायक

काँचो जाइफललाई यत्तिकै पिसेर या पानीको  साथमा पिसेर लेप बनाई शिरमा लगाई हल्का मसाज गर्नाले टाउको दुख्ने समस्याबाट छिट्टै नै छुटकारा पाउन सकिन्छ।

पाचनका लागि लाभदायक

जाइफलको सेवनले पाचन सम्बन्धि हरेक समस्याबाट छुटकारा दिन्छ।  अदुवा , अलैची र अलिकति मात्रामा जाइफलमिसाई बनाईएको चियाको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।  यसले पेट फुल्ने, अपच हुने जस्ता समस्याहरुलाई क्षणभरमा नै मुक्ति दिलाउन मदत गर्दछ।

छाला सम्बन्धि समस्या

जाइफलमा पाइने एन्टीसेप्टिक तथा एन्टी इन्फ्लेमेंटरी गुणले गर्दा यसको प्रयोगले छाला सम्बन्धी देखिने हरेक समस्याबाट छुटकारा दिलाउछ। यसको पाउडर दुधमा मिसाई अनुहारमा लगाएको  खण्डमा अनावाश्यक दाग , धब्बा , चाउरीपन तथा अन्य छाला समबन्धी समस्याबाट मुक्ति पाउन सकिन्छ।

शारीरिक दुखाई कम गर्न

जाइफलको पाउडर तेलमा मिसाई शरीरमा लगाएमा हाड जोर्नी तथा माम्शपेशीको दुखाई कम गर्न सकिन्छ।

 आर्थराइटिसमा फाइदाजनक

जाइफलआर्थराइटिसको समस्या भएकाहरुका लागि प्रभावकारी रहेको छ । जाइफलको तेल र बदामको तेल मिसाएर लगाउने गर्नाले यसबाट राहत पाउन सकिन्छ।

आस्थमाका लागि

जाइफलको पाउडरका साथमा र केहि मात्रामा मह मिसाई सेवन गर्न सकेको अवस्थामा अस्थमा जस्ता रोगबाट सजिलै बच्न सकिन्छ।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७१४:२८

नियमित सुत्ने ओछयान समेत बन्न सक्छ बिरामीको कारण, रहनुहोस सजक!