एमबाप्पेले जिते गोल्डेन बुट !

एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार फरवार्ड केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ । २१ वर्षे एमबाप्पेले अघिल्लो सिजन पनि गोल्डेन बुट जितेका थिए । उनले अघिल्लो सिजन २९ खेलमा ३३ गोल गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) का कारण सिजन रद्द भएसँगै लिग डि फुटबल प्रोफेसनल (एलएफपी) ले पीएसजीलाई नै अघिल्लो साता च्याम्पियन घोषणा गरेको थियो । फ्रान्स सरकारले आगमी सेप्टेम्बरसम्म खेलकुदका कुनैपनि गतिविधि गर्न रोक लगाएपछि एलएफपीले लिग वान र लिग टु रद्द भएको घोषणा गरेको थियो ।

एलएफपीले यो सिजन फ्रान्स तथा मोनाकोका विसाम बिन यडरसँग समान १८ गोल भएपनि प्रति खेलमा गोलको आधारमा एमबाप्पेलाई गोल्डेन बुट प्रदान गरिएको हो । विश्व विजेता एमबाप्पेले यडरको तुलनामा ओपन प्लेबाट बढी गोल गरेका थिए । यडरको १८ गोलमा तीन पेनाल्टी समावेश छ । जब कि एमबाप्पेले सबै गोल ओपन प्लेबाटै गरेका छन् ।

यस्तै एमबाप्पे यडरको तुलनामा प्रति खेलमा बढी गोल गर्नमा पनि अघि छन् । उनले लिग वानको २० मध्ये १८ खेलमा गोल गरेका छन् । यडरले २६ खेलमा १८ गोल गर्न सफल भएका थिए । एमबाप्पेको प्रति खेल ०.९ रहँदा यडरको ०.६९ रहेको छ । एमबाप्पेले यो सिजन समग्रमा पीएसजीका लागि ३० खेलमा ३३ गोल गरेका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७०२:३१

कपाल समात्दै मेस्सीलाई धकेलेको बारे बोले रोबर्टसन: मागे माफी !