कपाल समात्दै मेस्सीलाई धकेलेको बारे बोले रोबर्टसन: मागे माफी !

एजेन्सी – लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले गतवर्ष यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बार्सिलोनाविरुद्ध खेल्दा कप्तान लिओनेल मेस्सीलाई धकेल्नु आफ्नो गल्ति भएको स्वीकारेका छन् ।

उक्त खेलमा लिभरपुलले अभूतपूर्व ४-० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । खेल दौरान रोबर्टसनले मेस्सी मैदानमा लडिरहेको अवस्थामा कपाल समात्दै धकेलेको कारण उनको निकै आलोचना भएको छ । रोबर्टसन आफैंले यस विषयमा बोल्दै त्यसबेला उनले गल्ति गरेको र अहिले त्यसमा अफसोस रहेको बताएका छन् ।

‘म र फाबिन्हो मेस्सीलाई पछ्याइरहेका थियौं । हामी दुवै मैदानमा लड्यौं । मैले उठ्दा उनी मैदानमै रहेपछि कपाल समातेर धकेलेझैं गरें । उनी पटक्कै खुसी थिएनन् र सायद मैले पनि फेरी त्यो अवस्था आयो भने त्यसो गर्ने छैन । विश्ववकै सर्वश्रेष्ठ खेलाडीलाई त्यसो गर्नु गलत थियो,’ रोबर्टसनले भने ।

उक्त घटनाको भिडियो हेर्नुहोस :

‘ मैले जे गरें निकै गलत गरें । धेरैले मलाई अहिले त्यसै घटनालाई जोडेर हेर्ने गरेका छन् । मैले त्यसो गर्न नहुने थियो । मैले यदि सोचेर गरेको भए, त्यसो हुने थिएन,’ उनले थपे । रोबर्टसनले आफूले मेस्सीलाई सधैं सम्मान गर्ने गरेको पनि बताए ।

बार्सिलोनालाई हराएपछि फाइनलमा लिभरपुलले टोटेनहममाथि २-० को जित दर्ता गर्दै च्याम्पियन्स लिग जितेको थियो । त्यसपछि यूईएफए सुपर कप र क्लब विश्वकपमा समेत लिभरपुल च्याम्पियन बनेको थियो ।

प्रकाशित : शनिबार, बैशाख २७, २०७७११:४२

यूईएफए च्याम्पियन्स लिग: लियुभेन्टस र लियोनको खेल हुने मिति तोकियो !