ग्रहहरुको राशि तथा चाल परिवर्तनले ज्योतिषशास्त्रमा ठूलो महत्व राक्छ। ग्रहहरुले गर्ने राशि तथा चाल परिवर्तनले हरेक राशिको कुण्डलीमा प्रभाव पार्ने ज्योतिषीहरु बताउँछन्।
यसैबीच ग्रहहरुको चाल परिवर्तनका आधारमा आउने चार दिन धेरै नै विशेष रहने देखिएको छ। सोमबार पछि लगातार ३ ग्रहले चाल परिवर्तन गर्ने हुँदा आउने चार दिन हरेक राशिलाई विशेष रहनेछ।
कुन-कुन ग्रहको हुँदैछ चाल परिवर्तन ?
ग्रहचक्रमा विशेष महत्व राख्ने शनिले सोमबार आफ्नो चाल परिवर्तन गर्दैछ। शनि सोमबारबाट मकर राशिमा वक्री हुनेछ। मकर शनिको आफ्नै राशि हो। शनि वक्री भएको दुई दिन पछि बुधबार अर्को ग्रह शुक्रले पनि आफ्नो चाल परिवर्तन गर्नेछ।
बुधबार पश्चात शुक्र वृषमा वक्री हुनेछ। वृष राशि पनि शुक्रको आफ्नै राशि हो। यस हिसाबले यी दुवै ग्रह आफ्नो-आफ्नो राशिमा वक्री हुँदैछन्। शुक्रले चाल परिवर्तन गरेको भोलिपल्ट अर्थात् बिहिबार वृहस्पतिले पनि आफ्नो चाल परिवर्तन गर्नेछ।
के हो वक्री र मार्गी ?
ज्योतिष शास्त्र अनुसार ग्रहहरूको चाल दुई प्रकारका हुन्छन् – पहिलो वक्री र दोस्रो मार्गी। वक्रीको अर्थ उल्टो चाल हुन्छ भने मार्गीको अर्थ सुल्टो चाल हुन्छ। केहि ग्रहको उल्टो मात्र चाल हुन्छ भने केहि ग्रहको दुवै चाल हुने गर्छ।
कुन राशिलाई कस्तो असर ?
आउने चार दिनमा ग्रहचक्रमा हुने परिवर्तनले हरेक राशिलाई फरक-फरक असर पर्नेछ। तीन ग्रहको चाल परिवर्तनले भिन्न-भिन्न असर गर्ने भएपनि समग्रमा केहि राशिलाई लाभ मिल्नेछ भने केहिलाई दुख
शुभ असर- मेष, कन्या, तुला, मकर र कुम्भ राशि
अशुभ असर- कर्कट, वृष, कन्या र वृश्चिक राशि
मध्यम असर- मिथुन, सिंह, धनु र मीन