आँखा कमजोर, दुबी, ओठ फुट्ने देखि धेरै समस्याको औषधि घ्यू, हेर्नुस् तरिका सहित!

काठमाडौँ, हामी घ्यू तरकारीमा भूटुन हालेर खान मात्र प्रयोग गर्छौ । तर घ्यूको आश्चर्यजनक फाइदाहरु रहेका हुन्छन् । घ्यू खान मात्र नभएर तपाइमा भएका थुप्रै रोगहरुको उपचारको लागि प्रयोग गरिन्छ । आज हामी तपाईलाई घ्यूको उपयोगबारे जानकारी दिँदै छौ ।

आँखा धमिलो र फुलो परेमा : गाईको घ्यूमा नीमको फूल मिराएर गाजल बनाएर लगाउने गर्यो भने आँखा धमिलो भएको र फूलो परेको समस्या हट्न सक्छ ।

कपाल दुखेमा : तपाईलाई कहिले काही टाउकोको दुखाइले दिक्क बनाउने गर्छ । त्यसको छुट्कारा बाट बच्नको लागि तपाईले गाईको घ्यू तताएर त्यसमा मरिच डराएर कंनचटमा ठोक्नुस् यसो गरेमा तपाईको टाउको दुखेको समस्या बाट मुक्त हुनुहुनेछ ।

सेतो दुबी आएमा : सेतो दुबीको लागि पनि गाईको घ्यू निकै लादायक हुने गर्छ । रायोको धूलोमा गाईको घ्यूमा पिटेर मलम बनाएर त्यस ठाउँमा बिहान बेलुका लगाउने गरेका बिस्तारै सेतो दुबी ठीक हुन्छ ।

जाडोले कामज्वरो आएमा  : एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डराएर २,४ पुरिया मरिच हालेर शरिर भरि मालिस गरेमा शरिर तातेर आउँछ र ज्वरो ठिक हुन्छ ।

खाना नरुचेमा : घ्यूमा निमको ८ सय १० वटा पात तारेर खाएमा जस्तो सुकै अरुचि पनि खान खान मन लाग्नेछ ।

आँखा कमजोर भएमा : राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुतने बेला लगाउने गरेमा आँखामा भएको समस्या जस्तै आँखा रातो भएको, जालो लागेमा,आँखा धमिलो हुने, जस्तो समस्यालाई उक्त उपाय प्रयोग गरेको १२ हप्तामा निको हुन्छ र आँखामा यस्तो खालको समस्याहरु आउँदैन ।

धेरै दिशा लागेमा : जीराको धूलो ५० ग्राम, सिदेनुनको धूलो ५० ग्राम,र घ्यूमा फुराएको हिङ १० ग्राम मिसाएर मनतातो पानीसँग ११ चम्चा मह गाईको घ्यूमा मिसाएर दिनको ३,४ पटक खाएमा दिशा धेरै लागेको ठीक हुनेछ ।

ओठ फुट्ने भएमा : जाडोको समयमा यस्ता समस्याहरु धेरै देखिने गर्छन् । त्यसकारण तपाईले यसबाट सजिलै छुट्कारा पाउनको लागि एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुस् । सुत्ने बेलामा नाइटोमा घ्यू लागाएर सुत्ने गरेमा ओठ फुट्ने समस्या आउँदैन ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१४:३७

हुर्किएका बच्चालाई आफुसँगै सुताउनुको ४ बेफाइदाहरु!