किन जवानीमै खुइलिन्छ पुरुषहरुको तालु ? हरेक पुरुषले जान्नै पर्ने कारण यस्तो रहेछ !

एजेन्सी, अधिकांश पुरुषहरुमा कपाल झर्ने समस्या अर्थात् तालु खुइलिने समस्या हुने गरेको छ । तालु कसरी हुन्छ प्राय मानिसहरुलाई थाहा नहुन सक्छ। कपाल झरेर तालु हुदा हरेक मानिसहरु चिन्तित हुने गर्दछन। तर तालु कसरी हुन्छ यो बारे जान्न कोहि पनि इच्छुक हुदैनन्।  आज हामी तपाइलाई यसबारे जानकारी दिनेछौ।

पुरुषको तालु यसकारण छिटो खुइलिन्छ:

 –  अत्यधिक तनावका कारण पनि पुरुषहरुको कपाल झर्ने गर्दछ  । तनाव बढदा शरीरको हर्मोन्सको व्यालेन्स विग्रन्छ जसले गर्दा कपाल झर्न गर्दछ।

– कपालमा विभिन्न किसिमका कस्मेटिक सामान जस्तै : हेयर जेल, कलर्स , शैम्फू, कन्डिशनर जस्ता पदार्थको प्रयोग गर्दा कपालमा साइड इफेक्ट भई कपालझर्ने गर्दछ ।

 यदी टाउकोमा फंगल इन्फेक्सन भयो अथवा चायाँ पर्ने समस्या देखियो भने पनि कपाल अत्यधिक मात्रामा झर्न सक्छ।

– यदी तपाइले चुरोट सेवन गर्नुहुन्छ भने त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले गर्दा शरीरमा अक्सिजनको मात्रा घटाई  कपाल झर्ने गर्दछ ।

– अधिकांश मानिसहरुमा बंशाणुगत गुणका कारण पनि कपाल झर्ने गर्दछ ।

– यदी तपाइ अत्यधिक रक्सि सेवन गर्नुहुन्छ भने पनि शरीरमा टक्सीनको मात्रा बढेर आइरन, जिंक पानीको मात्रा  कमी हुन्छ । जसले गर्दा कपाल झर्न थाल्छ ।

– कपाल छिट्टो  खुइलिनुको अर्को कारण अस्वस्थकर खानपान पनि हो । खानामा सही मात्रामा पोषण नपुग्दा शरीरमा आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन्छ । जसले गर्दा कपाल झर्दछ।

 केहि मानिसहरुमा क्यान्सर, मुटु, उच्चरक्तचाप, डिप्रेशन, मधुमेह जस्ता रोगको औषधि सेवन गर्दा पनि औषधिको असर देखिन्छ र कपाल झर्न थाल्छ ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७१५:१४

के-के हुन् त गर्भवती नहुनुका कारणहरु ? यस्ता छन् ६ कारणहरु