अभिनेत्री सम्राज्ञीले प्रेमीको प्रशंसा गर्दै लेखिन यस्तो!

काठमाडौँ, बैशाख २९ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लामो समय देखि देवांश जंगबहादुर राणासंग प्रेममा छिन् । पछिल्लो समय नायिका सम्राज्ञी र देवांशको प्रेम-सम्बन्धबारे थाहा नहुने कमै होला। उनीहरुले आफुहरु बीचको प्रेम-सम्बन्धलाई सार्वजनिक रुपमै स्वीकार गर्दै आइरहेका  छन् ।

नायिका साम्राज्ञी र देवांशको प्रेम-सम्बन्धले केहि समय अगाडी निकै चर्चा कमाएको थियो । साथै कहिलेकाही यि दुईले आफ्नो तस्विरको कारण आलोचना समेत खेपिरहेका हुन्छन । जतीसुकै आलोचना भएपनि यी दुइलाई खासै फरक परेको  देखिदैन  ।

आइतबार नायिका साम्राज्ञीले सामाजिक संजाल इन्स्टाग्राममा प्रेमी देवांशको दुई तस्विर शेयर गर्दै उनको प्रशंसा गरेका छन् । उनले लेखेकी छिन्, ‘यो मान्छे भित्रि र बाहिरी रुपबाट नै अचम्मका छन् ।’

साम्राज्ञीले आफ्नो प्रेमी देवांश पहिलो दिनबाट नै उनी आफ्नो लागि विशेष भएको  बताएकी छिन् । साथै उनले जीवनको अन्तिम क्षणसम्म पनि देवांश आफ्नै हुने उल्लेख गरेकी छिन्।

 

प्रकाशित : सोमबार, बैशाख २९, २०७७०८:१६

भारतमा कोरोनाले उग्र रुप लिने संकेत: २४ घण्टामा हाल सम्मकै धेरै संक्रमित भेटिए !