भारतमा कोरोनाले उग्र रुप लिने संकेत: २४ घण्टामा हाल सम्मकै धेरै संक्रमित भेटिए !

एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार नाघेको छ। बितेको २४ घण्टामा हाल सम्मकै उच्च संख्यामा संक्रमित फेला परेसँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार १ सय ६१ पुगेको हो।

त्यहाँ बितेको २४ घण्टामा ४ हजार ३ सय ५३ जना संक्रमित थपिएका छन्। भारतमा एकै दिन ४ हजार भन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक हो। यस भन्दा अगाडी मे ४ मा एकै दिन ३ हजार ९ सय ३२ संक्रमित फेला परेका थिए। एकै दिन ४ हजार भन्दा बढी संक्रमित फेला परेपछि बितेको २४ घण्टामा सबै भन्दा धेरै संक्रमित फेला पर्ने चौंथो देश बन्न पुगेको छ।

सोमबार दिउँसो सम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय १२ पुगेको छ। त्यहाँ २४ घण्टामा १ सय ११ जनाको ज्यान गएको छ।

यस्तै सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ । भारतमा कुल संक्रमित मध्ये करिब २१ हजार संक्रमित निको भएर घर फर्किसकेका छन्।

विश्वभर कोरोना

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८३ हजारभन्दा बढी व्यक्तिको मृ-त्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख ७८ हजार नाघेको छ ।
सोमबार दिउँसो सम्म विश्वभर २४ घण्टाको अवधिमा ३ हजार ५१० जनाको मृ-त्यु भएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब १६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने अन्यको अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृ-त्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३१ हजार ८५५ जनाको कोरोनाभाइरसका कारण मृ-त्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ७५० जनाको मृ-त्यु भएको छ । योसहित अमेरिकामा मृ-त्यु भएका व्यक्तिको कूल संख्या ८० हजार ७८७ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृ-त्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १६५, स्पेनमा १४३ र फ्रान्समा ७० जनाको ज्यान गएको छ ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७०८:१९

भारतले सीमा मिचेको विषयमा सरकारको बोल्ड कदम – भारतीय राजदूतलाई मन्त्रालय बोलाइयो !