काठमाडौँ – भारतले एकतर्फी रूपमा नेपालको भूमिमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाक खोलेको विषयलाई लिएर परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ।
नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषय बारे नेपालको स्पष्ट औपचारिक धारणा राख्नको लागि परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको हो।
प्राप्त जानकारी अनुसार, भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर सोमबार बिहान साढे ११ बजे डिमार्स दिँदै नेपालको धारणा औपचारिक रुपमा राखेको छ। राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफैंले मन्त्रालयमा कुरा गरेको बताइएको छ।
यस अगाडी नेपाली भूमि आफ्नो नक्शामा समावेश गरेर सार्वजनिक गरेको भारतले नेपालको भूमिलाई आफ्नो दावी गर्दै सडक निर्माण गरेपछि सर्वत्र विरोध भइरहेको छ। ऐतिहासिक सन्धि, सम्झौता, दस्तावेज, तथ्य प्रमाण र नक्शाका आधारमा उक्त भूमि नेपालको हुन आउने भन्दै नेपाल सरकारले भारतको कदम प्रति खेद पनि जनाइसकेको छ।
कालापानी, लिपुलेक तथा लिम्पियाधुरा नेपालको भूमि पुष्टि गर्ने राजस्श्व-तिरो तथा जनगणनाको ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाण उपलब्ध रहेको अवस्थामा पनि भारतले कयौं वर्ष देखि नेपाली भूमि आफ्नो दावी गर्दै आएको छ।
नेपालसँग विभिन्न दस्तावेज, तथ्य प्रमाण रहेको प्रकाशमा आइरहँदा नवगठित जनता समाजवादी पार्टीका एक नेताले भने विवादित अभिव्यक्ति दिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा नवगठित जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले लिम्पियाधुरा क्षेत्रमा वस्ती देखिएको र