मिन राशिका व्यक्तिको प्रेमव्यवहार कस्तो रहन्छ?हेर्नुहोस् मिन राशिको प्रेम-आचरण!

दयालु रहने यस राशिका मानिसहरु प्राय रोमाटिंक रहने गर्छन्। यस राशिका मानिसहरु स्वपनीय,रहस्यमय समेत रहने गर्छन्। आफ्नो कुरा प्राय कसैलाई खोल्न नचाहने यस राशिका मानिसहरु संवेदनशील रहने गर्ने हुँदा छिट्टै चित्त दुखाउने गर्छन्। जीवनको गहिराईका बारेमा ज्ञान रहने यस राशिका मानिसहरु व्यवहारिक रहने गर्छन् साथै आफ्नो जीवनको नुझाई अरुको भन्दा फरक रहने यस राशिको जिकिर रहेको हुन्छ। कहिले कहीं निष्क्रिय साथै बुझ्न नसकिने तरिकाको व्यवहार गर्न खप्पिस यस राशिका मानिसहरु आध्यात्मिक तवरमा सजग रहन्छन। तर पनि अध्यात्मिकता र सांसारिकताको बीच यस राशिका मानिसको भित्र अन्तरद्वन्द रहने गर्छ। यस राशी हुनेहरुको आलस्य, शिथिलता, कायरता, पलायनवाद, अहंकार लगायतका नकारात्मक गुण रहने गर्छन्।

यस राशिका केहि गुणहरु निम्न उल्लेखित रहेका छन्।

तत्व : 
जल

गुण : 
परिवर्तनशील; स्त्रीत्व; नकारात्मक

स्वामी ग्रह : 
नेप्च्युन

यस राशिका व्यक्तिको प्रेमको बारेमा हुने खासियत:

प्रेममा सम्मिलित रहने, प्रेममा विश्वास राख्ने

यस राशिले प्रेमको बारेमा सुधार्नु पर्ने:

प्रेमलाई लिएर जीवनमा अत्याधिक प्रेरीर रहने बानि साथै प्रेमीसँग हरेको कुरामा निहित रहने बानि

प्रेम आचरण : 

यस राशिका मानिसहरु कोमल, निस्वार्थ साथै दयालु रहने यस राशिका मानिसहरुसँगको सम्बन्ध टिकाउ रहने गर्छ। तर कहिलेकाहीँ निराशाजनक रहने गर्दा प्रेममा केहि हद सम्मको क्रुरता राख्ने गर्छन्।आफ्नो विचारहरूमा निश्चित रहने यस राशिका मानिसहरु आफ्नो प्रेमी पनि बचनको पक्का रहोस् भन्ने मनसाय राख्ने गर्छन्। धन प्रति खासै आकर्षित नरहने यस राशिका मानिसहरु बहुमुल्य उपहारको अपेक्षा नराख्ने गर्छन्। मिठो बोलि साथै विनम्र स्वभावका धनि यस राशिका मानिसहरु प्रेमीसँग खासै रुस्ठ रहने गर्दैनन्। साथै यस राशिका छिटो क्षमा दिने क्षमताका कारण पनि प्रेम सम्बन्ध बलियो बनाउने कोसिसमा रहने गर्छन्। तर अरुको कुरा छिट्टै विश्वास गर्ने हुँदा प्रेममा धोकाको सामना गर्ने क्षमता भने यस राशिका मानिसमा नहुने गर्छ। धोका मिलेमा धेरै समय सम्म यस राशिका मानिसहरु विछिप्त रहन सक्लान्।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७१४:५८

धनु राशिका व्यक्तिको प्रेमव्यवहार कस्तो रहन्छ?हेर्नुहोस् धनु राशिको प्रेम-आचरण!