धनु राशिका व्यक्तिको प्रेमव्यवहार कस्तो रहन्छ?हेर्नुहोस् धनु राशिको प्रेम-आचरण!

चन्चल स्वभावका रहने धनु राशिका मानिसहरु जिज्ञासु रहने गर्छन्। साथै यस राशिका मानिसहरु नयाँ-नयाँ कुरा जान्न चाहने हुँदा प्राय उत्ताउलो पाराका रहन्छन। दार्शनिक समेत रहने यस राशिका मानिसहरु नबुझी नबोले गर्छन भने हरेक कुराको ज्ञान राख्न चाहने गर्छन्। कुनै पनि कुराको गहन अध्ययन नगरी त्यस विषयमा बोल्ने गर्दैनन्। जन्मजात जिज्ञासु प्रवृतिका रहने यस राशिका मानिसहरु अरुको विश्लेषण समेत गर्न पछी हट्दैनन्। अरुको बारेमा जान्ने क्रममा कहिले काहीं अरुलाई हेपेको पनि थाहा पाउन्दैनन। सत्यता जान्न ,समझन,अध्ययन गर्नको लागि धेरैनै मिहिनेत गर्ने गर्छन भने अरुले गरेको अल्छि पनि सहने गर्दैनन्। जटिल शिक्षा पद्दति और औपचारिक प्रशिक्षण खासै मन नपराउने यस राशिका मानिसहरु आशावादी भएर पनि शंकालु रहन्छन।

यस राशिका केहि गुणहरु निम्न उल्लेखित रहेका छन्।

तत्व : 
वायु

गुण : 
स्परिवर्तनशील; पुरुषत्व; सकारात्मक

स्वामी ग्रह : 
बृहस्पति

यस राशिका व्यक्तिको प्रेमको बारेमा हुने खासियत:

औपचारिकता,ईमानदारी साथै प्रेममा एक अर्काको समस्या बुझ्न सक्ने बानि

यस राशिले प्रेमको बारेमा सुधार्नु पर्ने:

शंका गर्ने बानि, समर्पणको कमि

प्रेम आचरण : 

यस राशिका मानिसहरु हंसमुख, आशावादी, मिलनसार साथै साहसिक रहने गर्छन्। कहिलेकाही आफ्नो तर्कले प्रेमीलाई अपमानजनक व्यवहार गर्न सक्ने यस राशिका मानिसहरु मासुम समेत रहने गर्छन्। नयाँ सम्बन्धमा रुची राख्ने यस राशिका मानिसहरु आफ्नो प्रेमीसंग घुम्न धेरै मन पराउने गर्छन्। साथै मनमा कहिले पनि कुरा लुकाउन नसक्ने यस राशिका मानिसहरु प्रेम आफ्नो तर्फबाट पूर्ण समर्पणको भावना दर्शाउने गर्छन्। सम्बन्ध पुरानो हुँदै गए पछी यस राशिका मानिसहरु जिम्मेवारी र प्रतिबद्धता देखि बिमुख रहने गर्छन्। यस राशिका मानिसहरु प्राय आफ्नै कल्पनामा हराउने भएका कारण प्रेम सम्बन्धमा प्रतक्ष असर देखा पर्ने गर्छ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७१४:५९

शरीरको कुन-कुन अंग फर्फराउदा शुभ र अशुभ?जान्नुहोस्!