एजेन्सी – एक गर्भवती महिला सडकमा हिड्दै थिइन्। सडकमा हिड्दा-हिड्दै यस्तो भयो की उनले सडकमै बच्चा जन्माइन्।
घटना चीन स्थित झेजियांग प्रांतको हो। त्यहाँ एक महिलाले सडकमा हिड्दा-हिड्दै बच्चा जन्माएकी हुन्। बीच बजारमा उभिएकै अवस्थामा बच्चा जन्माएकी ती महिलाको भिडियो सामाजिक संजालमा देखा परेको छ।
सार्वजनिक भिडियोमा सडकमा हिड्दै गरेकी एक महिलाले बीच बजारमै बच्चा जन्माएको देखिएको छ। बताइएअनुसार, सडकमै बच्चा जन्माउने महिला पहिलो पटक गर्भवती भएकी थिइन्। यस्तै बजार निस्किँदा उनको साथमा एकजना वृद्ध मात्र थिए।
सडकमै बेथा लागेर बच्चा जन्माएपछि त्यहीं आसपास भएका मानिसहरुले बच्चालाई सडकबाट उठाएर एम्बुलेन्स बोलाई महिला तथा बच्चालाई अस्पताल पठाएका थिए।
चीनका स्थानीय संचार माध्यमहरुका अनुसार घटना मे ४ को हो। सडकमै बच्चा जन्माउने महिलाको नाम चेन रहेको छ। उनले छोरा जन्माएको र आमा छोरा दुवैको अवस्था सामान्य रहेको बताइएको छ।
प्रसव पिडा भएको १० मिनेटमै बच्चा जन्मिएको चेन बताउँछिन्। चिनियाँ सामाजिक संजालहरुमा अहिले यो भिडियो भाइरस छ। सडकमा भएको सिसिटिभी क्यामरामा उक्त दृश्य कैद भएको थियो भने पछि मिडिया तथ्य सामाजिक संजालमा भिडियो सार्वजनिक गरिएको थियो।
https://youtu.be/SgZvkRZUlQk