प्युठानका ११ जनामा आरडिटी पोजेटिभ !

कोहलपुर – प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई आरडिटी गर्दा पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ ।

क्वारेन्टाइनमा बसेका ९३० घर फिर्ता

जुम्लाका आठ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका ९३० जना १४ दिनको अवधि पूरा गरेर घर फर्केका छन् । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७४७ र मंगलबार १८२ जनालाई कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएपछि घर पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए।

यहाँको चन्दननाथ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एक, हिमा गाउँपालिकामा २७, तातोपानी गाउँपालिकामा ४८, पातारासी गाउँपालिकामा ४९ र गुठीचौर गाउँपालिकामा ५७ जना मात्र क्वारेन्टाइनमा रहेको जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए। तिला, कनकासुन्दरी र सिंजा गाउँपालिकाका क्वारेन्टाइन मंगलबारदेखि खाली भएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।

जिल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले कोभिड–१९ संक्रमण भएनभएको परीक्षण गर्दै आएको छ । यसबाहेक यहाँका स्थानीय तहका विभिन्न स्थानमा ¥यापिड डायग्नोष्टिक टेष्ट विधिमार्फत पनि परीक्षण भइरहेको प्रतिष्ठानका निर्देशक मंगल रावलले बताए।

जिल्लाभर ५२१ शय्याको क्वारेन्टाइन, १२० शय्याको आइसोलेशन र नौ हेल्थ डेस्कमा हालसम्म १० हजार ९७० जनाले स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०७७१३:२१

थप १७ जनामा कोरोनाको पुष्टि, संक्रमितकाे संख्या २०८ पुग्याे !