लकडाउनमा कडाइ: अब एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द !

काठमाडौँ – मंगलबार हाल सम्मकै धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि सरकारले लकडाउनमा थप कडाई गर्ने भएको छ।

सरकारले लकडाउनलाई थप कडाईका साथ लागू गराउनको लागि एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाएको छ। अब पास भएका सवारीहरुले पनि एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने छैनन्।

मंगलबार दिउँसो गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ। मंगलबार हाल सम्मकै धेरै कोरोना संक्रमित फेला परेपछि गृहले यस्तो निर्णय गरेको बताइएको छ।

बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले प्रशासनले जनाएका छन्। सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न थालेपछि बढेको भिडभाड नियन्त्रणको लागि यस्तो निर्णय गरिएको उनको भनाई छ। उनका अनुसार अब उपत्यकामा कार्यरत सरकारी कर्मचारीसँग पनि अनिवार्य पास हुनुपर्नेछ।

मंगलबार नै बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो देखिएको भन्दै कडाईका साथ पालना गराउन निर्देशन दिएका थिए।

सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको प्रधानमन्त्री ओलीको बुझाई छ। यसरी लकडाउन खुकुलो बनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।

मन्त्रिपरिषद्को बैठकमा उनले ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्ने अवस्था शिर्जना भएको भन्दै चिन्ता व्यक्त समेत गरेका थिए।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०७७१३:४५

पर्सामा कोरोना तेस्रो चरणमा प्रवेश गरेको अनुमान, अस्पतालमा बिरामी राख्ने ठाउँ पुगेन !