फेरी थपिए कोरोना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो !

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा २६ जनामा कोरोनाको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको हो।

कोरोना भाइरस पुष्टि भएकाहरुमा पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५, ६० बर्षीय महिलाहरू; १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरू; मद्दोत्तरी जिल्ला निवासी १६, ३५ वर्षीय पुरुषहरू; धनुषा जिल्ला निवासी २० वर्षीय महिला र ४० वर्षीय पुरुष; भक्तपुर जिल्ला निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष; काठमाडौं जिल्ला निवासी ३३ वर्षीय महिला; सर्लाही निवासी ४५ वर्षीय पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि भएका २६ जनाको स्वास्थ्य अवस्था सामान्य छ।

दायरा बढेसँगै सङ्क्रमित थपिँदै

कोभिड–१९ को परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि देखा पर्न थालेका छन् । पछिल्लो दिनमा कोभिड–१९ को परीक्षण बढाएसँगै सङ्क्रमित पनि देखा पर्न थालेका हुन् । सोमबार मात्र २४ जना सङ्क्रमित देखापरेका थिए भने मंगलबार मात्र ८३ जनामा सङ्क्रमण देखिएको हो ।

नेपालमा आज देखिएको अहिलेसम्मको सङ्क्रमित सङ्ख्या सबभन्दा ठूलो हो । यसअघि यति ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका थिएनन् । अहिलेसम्म २१७ जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेको बताए । ‘पहिलेको तुलनामा परीक्षणलाई धेरै नै गरेको छाैं,’ उनले भने, ‘परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेका हुन् ।’

नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । त्यसपछि दोस्रो सङ्क्रमण त्यसको दुई महिनापछि चैत १० गते देखिएको थियो । ती दुवै सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किसकेका छन् । अहिलेसम्म ३४ जना घर फर्किसकेका छन् ।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०७७१६:४७

काठमाडौँ उपत्यकामा फेरी कोरोनाको इन्ट्री’: एकै दिन ३ संक्रमित भेटिए !