त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरस देखियो !

काठमाडौँ – महाराजगञ‍जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। शिक्षण अस्पतालको न्युरो सर्जरी वार्डमा सात दिनअघि भर्ना भएका ६ वर्षीया बालिकामा कोरोना संक्रमणको पुष्टि भएको हो।

अस्पतालमा भर्ना गरिएकी बालिकामा कोरोना संक्रमणको पुष्टि भएसँगै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक, कर्मचारी तथा नर्सहरु जोखिममा पेरेका छन्। बालिकामा श्वास-प्रश्वास सम्बन्धि समस्या देखिएपछि कपिलवस्तुबाट काठमाडौँ ल्याइएको बताइएको छ।

ती बालिकामा कोरोना पुष्टि भएको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ६ बजेर १५ मिनेट अपडेटमा उल्लेख गरिसकेको छ। बिहान सार्वजनिक तथ्या‌ंक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे उल्लेख गरिएको थियो।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बारे शिक्षण अस्पतालले कुनै पनि आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।

प्रकाशित : बिहिबार, जेठ ०१, २०७७०४:१३

वरिपरीका सबै जिल्लामा कोरोना देखिएपछि सिरहामा निषेधाज्ञा जारी !