थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौँ – शुक्रबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षणबाट शुक्रबार नाै जनामा स्नाक्रमण भएको पुष्टि भएको हो।

राष्ट्रिय प्रयोगशाला काठमाडाैमा गरिएकाे परीक्षणमा मकवानपुरका पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष; बाँके, नैनापुर-०१. ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२,३६ वर्षीय पुरुषहरु रहेका छन्।

संक्रमण पुष्टि भएका सम्पूर्णको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तया जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७०२:४९

चीनलाई लिएर ट्रम्पले दिए अहिले सम्मकै ठूलो धम्की !