काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्। पास पाएसँगै उनी बिहान ८ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गरिसकेका छन्।
झापाका सिडिओ उदय बहादुर रानामगरका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल झापाबाट काठमाडौँको लागि प्रस्थान गरिसकेका छन्।
बिहिबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि प्रकृया नपुगेको भन्दै गृहले उनको सवारी पास खारेज गरेको थियो।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई सवारी पास दिलाउन झापा जिल्ला प्रशासन कार्यालयले पुनः प्रयास गरेपनि गृहमन्त्रालयले प्रकृयामा कमजोरी देखाउँदै पास दिन अस्विकार गरेको थियो। तर, पछि गृह मन्त्रलयले नै काठमाडौँ जानको लागि पास उपलब्ध गराएको हो।