हरेक काम सफल रहोस् भन्ने चाहनुहुन्छ भने बारअनुसार अपनाउनुस् यी उपाय !

वास्तु शास्त्रका अनुसार ,यदि तपाई कुनै खास कामको लागि बाहिर निस्किनु अघि केही उपाय अपनाउनु भएमा आफूले सोचेको काममा छिटै सफलता मिल्न सक्छ। आज हामी तपाईहरुलाई वास्तु शास्त्रमा उल्लेख गरिएका केही उपायहरु बताऊन जाँदै छौँ जुन तपाईले आफ्नो जीवनमा लागु गर्नु भएमा अवश्य सफलता मिल्ने छ।

आईतबार
यदि तपाई आईतबारको दिन केही कामहरु सम्पन्न गर्नका लागि घरबाट निस्किनु हुन्छ भने आफ्नो साथमा पानको पत्ता लिएर निस्किनुहोला। यसो गर्दा तपाईले सोचेका सम्पूर्ण कामहरु त्यस दिन पूरा हुनेछन्।

सोमबार
वास्तुका अनुसार ,यदि तपाई सोमबारको दिन आफ्ना केही कामहरु सम्पन्न गर्नका निम्ति घरबाट निस्किनु भएमा आफ्नो अनुहार शिशामा देखाएर निस्किनुहोस्। यसरि घरबाट निस्किने बेला अनुहार शिशामा देखाएर निस्किदा त्यस दिन तपाईका सम्पूर्ण कामहरु सजिलै सम्पन्न हुनेछन्।

मंगलबार
यदि तपाई आफ्ना कामहरु पूरा गर्ने सिलसिलामा मंगलबारको दिन घरबाट निस्किदै हुनुहुन्छ भने केही मिठा तथा गुलिया चिजहरु जस्तै पान ,बेसनको लड्डु खाएर निस्किनु भएमा आफूले सोचेको काम सजिलै सम्पन्न हुनेछ।

बुधबार
कोही व्यक्ति यस दिन आफ्नो खास काम लिएर घरबाहिर निस्किन्छ भने उसले घरबाट निस्किनु अघि हरियो धनियाको पात खाएर निस्किएमा सम्पूर्ण कामहरुमा सफलता पाउन सकिन्छ।

बिहीवार
यस दिन घरबाट निस्किनु अघि मुखमा केही तोरीका दाना राखेर निस्किनु भएमा तपाईको सम्पूर्ण काममा अवश्य सफलता पाउन सकिन्छ।

शुक्रबार
यदि तपाई आफ्ना केही कामहरु पूरा गर्ने शिलसिलामा शुक्रबारको दिन घरबाट निस्किदै हुनुहुन्छ भने दुधबाट बनेको केही परिकार खानुहोस्। यसरि घरबाट बाहिर निस्किदा तपाईका अधुरा कामहरुको साथमा सम्पूर्ण कामहरु सफलता पूर्बक सम्पन्न हुनेछ।

शनिबार
यदि तपाई आफ्ना कामहरु सिद्ध गर्नका लागि घरबाट निस्किदै हुनुहुन्छ भने निस्किनु अघि अदुवा वा घिऊ खानुहोस। यसो गर्दा तपाईका सम्पूर्ण कामहरु सफल हुनेछन्।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१४:५१

बुधको कारण यी राशिलाई फाइदा !