बुधको कारण यी राशिलाई फाइदा !

एजेन्सी – गत अप्रिल १९ देखि अस्त भएको बुधको उदय भएको छ। बुधको उदयले सम्पूर्ण राशिहरुलाई असर पर्नेछ। बुधको उदय देखि राशि हुनेहरुलाई लाभदायक सावित हुनेछ भने केहिलाई दुखदायक।

बुधको उदय कुन राशिका लागि कस्तो रहला ? हेर्नुहोस् !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बुधको उदयले मेष राशि हुनेहरुलाई शुभ परिणाम मिल्नेछ। व्यापार र रोजगारीमा सफलता मिल्नुका साथै हरेक कार्य सफल हुनेछन्। परिश्रमको फल प्राप्त हुनुका साथै कडा पनि हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

पारिवारिक जीवनमा मधुरता छाउनेछ। दाम्पत्य जीवनमा प्रेम बढ्नेछ भने शत्रु पनि मित्रमा परिणत हुनेछन्। आर्थिक लाभको सम्भावना छ। व्यवसाय बिस्तार गर्ने मौका पनि मिल्न सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मिथुन राशि हुनेहरुको लागि बुधको उदयले मिश्रित परिणामहरू दिलाउनेछ। खर्च बढ्ने सम्भावना छ। विचारपूर्वक खर्च गर्नु होला। स्वास्थ्य बिग्रिन सक्छ। यधपी व्यवसाय तथा जागिरबाट पनि उचित लाभ मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

बुधको उदयले विशेष लाभहरु मिल्नेछन्। नयाँ योजना हात लाग्न सक्ला। चिताएको कार्य सफल हुनेछन्। यात्राको योग बन्न सक्छ। सरकारी क्षेत्रबाट उचित सहयोग प्राप्त हुन सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

बुधको उदय सँगै निर्णय क्षमतामा ह्रास आउनेछ। समयमै निर्णय गर्न नसक्दा ठूला योजना फुत्किनेछ्न्। आर्थिक रुपमा समस्या पैदा हुन सक्ला। यधपी प्रेम जीवनमा भने सफलता मिल्न सक्ला।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

अधिक कडा परिश्रमले लाभ दिलाउनेछ। परिश्रमले अनुसार फल मिल्द जाँदा बढेर जानेछ। बिग्रिएका कार्यहरु सफल हुनेछन्। परिवार समर्थन मिल्नेछ भने धार्मिक कार्यमा सहभागी हुने मौका पनि मिल्न सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बुधको उदयसंग स्वास्थ्य समस्या बढ्नेछ। खर्च बढ्दा आर्थिक समस्या आइपर्न सक्छन्। बोलि तथा व्यवहारमा नियन्त्रण नहुँदा लज्जित हुनु पर्ला। सकेसम्म वाद-विवाद देखि टाढा रहनु भएकै उचित हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

बुधको उदय वृश्चिक राशि हुनेहरुको लागि मिश्रित रहने देखिन्छ। आर्थिक रुपमा समय राम्रै रहला। लगानी जुट्दा नयाँ कार्य थालनी हुनेछन्। यधपी स्वास्थ्यमा भने समस्या देखा पर्न सक्छ। खान-पानमा ध्यान दिनु होला ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

बुधको उदयले धनु राशि हुनेहरुको आर्थिक समस्यामा पार्न सक्छ। गरिएका लगानीले उचित फल दिन असमर्थ हुनेछन्। लेन-देनको विषयमा संवेदनशीलता रहन आवश्यक देखिन्छ। सकेसम्म यात्रा नगरेकै उचित हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बुधको उदयसंग क्रोध बढ्ने देखिन्छ। बोलि तथा व्यवहारका कारण सम्बन्धहरु बिग्रिनेछ्न्। परिवारमै पनि कलह बढ्न सक्छ। आर्थिक रुपमा समय मध्यम रहेता पनि बढी खर्च गर्ने बानिले समस्यामा पार्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बुधको उदयले जीवनमा सुख भन्दा पनि दुख ल्याउनेछ। आफ्नै भनिएकाहरुबाट धोका हुन सक्ला। गोपनियता बाहिरिन सक्ने हुँदा सतर्क रहनु होला । अरुको कुरा नसुन्ने बानिका कारण आलोचित भैनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

बुधको उदय मीन राशि हुनेहरुका लागि धेरै लाभप्रद रहने देखिन्छ। यात्रा सफल हुनुका साथै गरिएका लगानीबाट लाभ मिल्नेछन्। प्रियजनसंगको भेटले उत्साह बढाउनेछ। जीवनसाथीको भरपूर सहयोग-साथ पनि मिल्नेछ।

प्रकाशित : शनिबार, जेठ ०३, २०७७१४:२४

यस्ता विशेषता भएका व्यक्तिहरु हुन्छन् धेरै गुणवान, मानिन्छन् विशेष ! कतै तपाईमा पो छ कि ?