यस्ता विशेषता भएका व्यक्तिहरु हुन्छन् धेरै गुणवान, मानिन्छन् विशेष ! कतै तपाईमा पो छ कि ?

एजेन्सी – मानव शरीर को रचना अद्भुत छ। मानव शरीर एक तर्फ धेरै संवेदनशील छ भने अर्को तर्फ शक्तिशाली पनि। विभिन्न रहस्य तथा तथ्यहरुका कारण मानव शरीर वास्तवमै आश्चर्यजनक छ।

मानव शरीरमा रहेका धेरै अङ्गहरुले एक व्यक्तिको व्यवहार तथा आचरण समेत प्रतिबिम्बित गर्ने बताइन्छ। समुन्द्रशास्त्र अनुसार शारीरिक अङ्गको बनावट तथा रुपरेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवन सम्वन्धी विभिन्न कुराहरु थाहा पाउन सकिन्छ।

समुन्द्रशास्त्र अनुसार निम्न विशेषता भएका मानिसहरुसँग भिन्न प्रकारका गुण हुन्छन्।

कान्छी औंला

खुट्टाको कान्छी औंला हल्लाउन सजिलो छैन। यो औंला हल्लाउन खोज्दा अन्य औंलाहरु पनि सँगै हल्लिन्छन्। तर, तपाई कान्छी औंला मात्र हल्लाउन तथा तस्विरमा देखाइएजस्तो कान्छी औंलालाई अन्य औंलाबाट अलग गराउन सक्नुहुन्छ भने तपाई सबै भन्दा बढी आफैंलाई प्रेम गर्नु हुन्छ। यसको अर्थ तपाई आफ्नो स्वतन्त्रता र गोपनीयताको अगाडी अरु कुनै पनि कुराले महत्व राख्दैनन्।

डिम्पल

गालामा डिम्पल पर्नुलाई सौन्दर्यको प्रतीक मानिन्छ। डिम्पललाई लिएर चिकित्सा विज्ञान र समुन्द्रशास्त्र छुट्टा-छुट्टै तथ्य बताउँछन्। समुन्द्रशास्त्रका अनुसार डिम्पल हुनुहरु सुन्दर मात्र नभई भाग्यमानी पनि हुन्छन्। गालामा डिम्पल हुनेहरुको प्रेम जीवन तथा बैवाहिक जीबन सुखमय रहने बताइन्छ।

उठेको कान

के तपाईंको कानको माथिल्लो भाग थोरै उठेको छ ? यदि छ भने सम्झनुस तपाई पनि भाग्यमानी हो। यसता व्यक्तिलाई समुन्द्रशास्त्रले विशेष श्रेणीमा राखेको छ। यस्ता मानिसहरु भाग्यमानी तथा सहनशील हुने विश्वास गरिन्छ। यस्तै वैज्ञानिक रुपले पनि यस प्रकारका मानिसहरु भाग्यमानि मान्छ। चार्ल्स डार्विनका अनुसार यस्ता मानिसहरुको श्रवन शक्ति धेरै हुन्छ। यिनीहरु टाढा-टाढाको पनि आवाज सुन्न सक्छन्।

फट्टीएको दाँत

दाँतको बिचमा अन्तर भएका मानिसहरुलाई सुन्दरताको दृष्टिकोणमा राम्रो नमानिएपनि समुद्रशास्त्रले भने यस्ता मानिसहरुलाई भाग्यशाली मान्ने गर्छ। समुन्द्री विज्ञानको अनुसार अगाडिको दाँतहरूबीच खाली ठाउँ हुनु बुद्धिमानी हुने विश्वास गरिन्छ। यस्ता व्यक्तिहरु धेरै खुल्ला विचारका हुन्छन् भने निकै नै फुर्तिला हुन्छन् र निडर हुन्छन्।

प्रकाशित : शनिबार, जेठ ०३, २०७७१४:३२

यी तीन राशी भएका पुरुषलाई पाउन युवतीहरु गर्छन् मरिहत्ते !